लूका 6:34-35
लूका 6:34-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ।
लूका 6:34-35 नेपाली समकालीन संस्करण (NCV)
यदि फिर्ता गर्न सक्ने मानिसहरूलाई मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पूरा फिर्ता पाउने आशाले पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू सर्वोच्चका सन्तान ठहरिनेछौ; किनकि परमेश्वर बैगुनी र दुष्टहरूप्रति पनि दयालु हुनुहुन्छ।
लूका 6:34-35 पवित्र बाइबल (NERV)
यदि फिर्ता पाउने आशामा तिमी कसैलाई ऋण दिन्छौ भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, पापीहरू पनि पापीहरूलाई त्यति नै फिर्ता पाउने आशामा ऋण दिन्छन्। “यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसँग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदी तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वौच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ।
लूका 6:34-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यदि तिर्न सक्नेलाई मात्र ऋण दिन्छौ भने तिमीहरूलाई के स्याबासी छ र? पापीहरूले पनि त तिर्न सक्ने पापीलाई ऋण दिन्छन्! त्यसो होइन, शत्रुहरूलाई माया गर, सबैको भलाइ गर र ऋण माग्नेहरूलाई फिर्ता लिने आशै नराखी ऋण देओ। त्यसो गर्यौ भने तिमीहरूले ठूलो इनाम पाउनेछौ र तिमीहरू महान् परमेश्वरका सन्तान कहलिनेछौ। परमेश्वरले त बैगुनी र दुष्टलाई पनि दया गर्नुहुन्छ।