लूका 5:18-20
लूका 5:18-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्याए, र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्यसलाई खाटैसमेत येशूको सामुन्ने ओरालिदिए। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।”
लूका 5:18-20 नेपाली समकालीन संस्करण (NCV)
केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, अनि त्यस मानिसलाई येशूको अघिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि, तिनीहरू छानामाथि चढे, र छानालाई उक्काएर त्यसको ओछ्यानसमेत नै त्यहींबाट ठीक येशूको सामुन्नेमा ओरालिदिए। जब येशूले तिनीहरूका विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”
लूका 5:18-20 पवित्र बाइबल (NERV)
एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए। तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्यस कारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले। तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”
लूका 5:18-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरूले एक जना कुँजो बिरामीलाई ओछ्यानसँगै बोकेर ल्याए। तिनीहरूले उसलाई भित्र येशूको अगाडि पुर्याउन कोसिस गरे। तर मानिसको हुलले गर्दा येशूकहाँ पुर्याउन बाटो नै पाएनन्। यसकारण तिनीहरूले त्यो बिरामीलाई घरको छानामा लगे र झिँगटी उघारे अनि त्यहाँबाट बिरामीलाई ओछ्यानसँगै बिस्तारै येशूको अगाडि ओराले। ती मानिसहरूले यस्तो विश्वास गरेको देखेर येशूले त्यस बिरामीलाई भन्नुभयो, “तिम्रो पाप क्षमा भएको छ।”