लूका 5:17-32
लूका 5:17-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो। मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्याए, र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्यसलाई खाटैसमेत येशूको सामुन्ने ओरालिदिए। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।” तब शास्त्रीहरू र फरिसीहरूले प्रश्न गर्न लागे, “ईश्वर-निन्दा गर्ने यो को हो? पाप त परमेश्वरले मात्र क्षमा गर्न सक्नुहुन्छ।” तर येशूले तिनीहरूको प्रश्न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन प्रश्न गर्दछौ? ‘तिम्रा पाप क्षमा भयो’ भन्नु कि ‘उठेर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरू जान। त्यसपछि उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो खाट उठाएर घर जाऊ।” अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो, र जुन खाटमा त्यो पड़िरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। तब सबै जना आश्चर्यमा परे, र तिनीहरूले परमेश्वरको महिमा गरे, र भयभीत भएर यसो भने, “आज हामीले अनौठा कुरा देख्यौं।” अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे। लेवीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्यामा उहाँहरूसँग भोजमा बसेका थिए। फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?” तर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।”

लूका 5:17-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो। केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए। जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।” फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैँमा विचार गर्न लागे, “ईश्वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?” तिनीहरूका विचारहरू थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ? के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।” त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो, र आफू जुन ओछ्यानमा थियो, त्यसलाई बोकेर परमेश्वरको प्रशंसा गर्दै घर फर्कियो। सबै जनाले अचम्म माने र परमेश्वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्चर्यका कामहरू देखेका छौँ।” त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाम भएका एक जना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तिनी सबै कुरा छोडेर उठे र उहाँको पछि लागे। त्यसपछि लेवीले आफ्नो घरमा येशूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। कर उठाउनेहरू र अरू मानिसहरू ठूलो संख्यामा भोजमा बसिरहेका थिए। तर तिनीहरूका सम्प्रदायका फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँका चेलाहरूसँग गनगन गरे, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसित खानपान गर्दछौ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्दछ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।”
लूका 5:17-32 पवित्र बाइबल (NERV)
एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो। एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए। तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्यस कारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले। तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।” तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।” तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ? कुन चाँहि सजिलो छः ‘तिम्रो पाप क्षमाभए भन्नु’ अथवा ‘उठ अनि जाऊ भन्नु?’ तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।” सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो। सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।” यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।” लेवी जुरूक्क उठ्यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो। तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसँगै मेजमा खाँदथे, तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?” येशूले उत्तर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ। म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”
लूका 5:17-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन येशूले मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। केही धर्म-गुरुहरू र फरिसीहरू पनि उहाँको छेउमा बसिरहेका थिए। तिनीहरूचाहिँ गालील र यहूदिया क्षेत्रका सबै गाउँहरूबाट अनि यरूशलेम सहरबाट पनि आएका थिए। येशूसँग बिरामीहरूलाई निको पार्ने प्रभु परमेश्वरको शक्ति थियो। मानिसहरूले एक जना कुँजो बिरामीलाई ओछ्यानसँगै बोकेर ल्याए। तिनीहरूले उसलाई भित्र येशूको अगाडि पुर्याउन कोसिस गरे। तर मानिसको हुलले गर्दा येशूकहाँ पुर्याउन बाटो नै पाएनन्। यसकारण तिनीहरूले त्यो बिरामीलाई घरको छानामा लगे र झिँगटी उघारे अनि त्यहाँबाट बिरामीलाई ओछ्यानसँगै बिस्तारै येशूको अगाडि ओराले। ती मानिसहरूले यस्तो विश्वास गरेको देखेर येशूले त्यस बिरामीलाई भन्नुभयो, “तिम्रो पाप क्षमा भएको छ।” येशूले भन्नुभएको यो कुरा सुनेर धर्म-गुरु र फरिसीहरूले एक-अर्कासँग भन्न लागे, “परमेश्वरको निन्दा गर्ने यो को हो? परमेश्वरले पो पाप क्षमा गर्न सक्नुहुन्छ। मानिसले पनि पाप क्षमा गर्न सक्छ र?” तिनीहरूका मनको कुरा बुझेर येशूले भन्नुभयो, “तिमीहरू किन यस्तो विचार गर्छौ? त्यस कुँजो मानिसलाई ‘तिम्रो पाप क्षमा भयो’ भन्नु र ‘उठेर हिँड’ भन्नुमा कुनचाहिँ सजिलो होला, लौ भन? तर हेर, यस पृथ्वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ भन्ने कुराको प्रमाण म तिमीहरूलाई दिन्छु।” अनि येशूले त्यस कुँजो बिरामीलाई भन्नुभयो, “म तिमीलाई भन्छु, अब उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।” त्यो मानिस तुरुन्तै उठ्यो अनि आफ्नो ओछ्यान बोकेर परमेश्वरको प्रशंसा गर्दै घर गयो। तिनीहरू सबैले ज्यादै अचम्म माने र परमेश्वरको यस्तो ठूलो शक्ति देखेर डराए। तिनीहरूले परमेश्वरको प्रशंसा गर्दै भने, “आज हामीले त कस्तो अचम्मको कुरा देख्यौं!” त्यहाँबाट गइरहँदा येशूले लेवी भन्ने एक जना कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” लेवीले सबै कुरा छोडेर उहाँको पछि लागे। त्यसपछि लेवीले येशूलाई आफ्नो घरमा भोज खान बोलाए। त्यस भोजमा कर उठाउने धेरै कर्मचारीहरू र अरू थुप्रै मानिसहरू पनि थिए। फरिसी र फरिसीका धर्म-गुरुहरूले गनगनाउँदै येशूका चेलाहरूलाई भने, “तिमीहरू किन कर उठाउने र अरू पापीहरूसँगै बसेर खान्छौ हँ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “डाक्टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्छ! त्यसरी नै म धर्मीलाई होइन, तर पापीलाई पश्चात्ताप गर भनी बोलाउन आएको हुँ।”