लूका 4:4-8
लूका 4:4-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।” त्यसले उहाँलाई एउटा उच्च स्थानमा लगेर एकै क्षणमा जगत्का सबै राज्यहरू देखायो। दियाबलसले उहाँलाई भन्यो, “म यो सारा अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु। तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।” येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”
लूका 4:4-8 नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’ ” शैतानले उहाँलाई एउटा उच्च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो। अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु, किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु त्यसलाई यो दिन सक्छु। यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा लेखिएको छ: ‘तैंले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’ ”
लूका 4:4-8 पवित्र बाइबल (NERV)
उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छः ‘रोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।’” तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो। तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसँगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु। यदि तपाँईले मलाई उपासना गरे म यी सब तपाईंलाई दिनेछु।” उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ
लूका 4:4-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– खानेकुराले मात्र मानिस बाँच्दैन।” त्यसपछि शैतानले येशूलाई अग्लो पहाडमा लगेर एकै छिनमा संसारका सबै राज्यहरू देखाउँदै उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यको राजा र यी सबै धन-दौलतको मालिक बनाउन सक्छु किनभने यी जम्मै मेरा हातमा छन् र मैले चाहेकालाई दिन सक्छु। मलाई ढोग्नुहोस् र यी सबै थोक तपाईंकै हुनेछन्।” येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा के लेखिएको छ, सुन्– तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै आदर गर्।”