लूका 4:38-43
लूका 4:38-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे। तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्यो, र तुरुन्तै उठेर तिनले उहाँहरूको सेवा गरिन्। अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो। धेरै मानिसहरूबाट भूतहरू पनि चिच्च्याउँदै र यसो भन्दै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनी चिन्थे। बिहान उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँमा जानुभयो। भीड़हरू उहाँलाई खोज्दै उहाँकहाँ आइपुगे, र “हामीहरूलाई छोड़ेर नजानुहोस्” भनी उहाँलाई रोक्ने प्रयत्न गरे। तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले परमेश्वरका राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनैपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।”
लूका 4:38-43 नेपाली समकालीन संस्करण (NCV)
त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू कडा ज्वरोले थलिएकी थिइन्, अनि तिनीहरूले येशूलाई तिनलाई सहायता गर्न विन्ती गरे। अनि उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्। घाम अस्ताउन लाग्दा, मानिसहरूले विभिन्न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए, अनि तिनीहरू हरेकमाथि हात राख्नुभयो र उहाँले सबैलाई निको पार्नुभयो। अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन, किनकि उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे। बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए, अनि उहाँ हुनुभएको ठाउँमा आएपछि, तिनीहरूले उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे। तर उहाँले भन्नुभयो, “मैले परमेश्वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।”
लूका 4:38-43 पवित्र बाइबल (NERV)
येशूले सभा घर छाड्नु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे। येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्। घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो। धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए। अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीड़ले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए। तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरू भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।”
लूका 4:38-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सभाघरबाट निस्केर येशू सिमोनको घरमा जानुभयो। त्यस बेला सिमोनकी सासू ज्वरोले थला परेकी थिइन्। घरका मानिसहरूले “तिनलाई निको पारिदिनुहोस्” भनी येशूलाई बिन्ती गरे। उहाँले तिनको नजिकै गएर ज्वरोलाई हकार्नुभयो र ज्वरोले छोडिहाल्यो अनि तिनी उठेर उहाँहरूको सेवा गर्न लागिन्। घाम अस्ताएपछि मानिसहरूले धेरै किसिमका बिमारीहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरूमाथि हात राखेर सबैलाई निको पार्नुभयो। धेरै जनाबाट भूत पनि चिच्च्याएर यसो भन्दै निस्किए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर येशूले ती भूतहरूलाई पटक्कै बोल्न दिनुभएन किनभने उहाँ मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले चिन्दथे। उज्यालो हुनेबित्तिकै येशू एकान्त ठाउँतिर जानुभयो। तर मानिसहरू उहाँलाई खोज्दै गए। उहाँलाई भेट्टाएपछि तिनीहरूले “हामीलाई छोडेर नजानुहोस्,” भनी रोक्ने कोसिस गरे। उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले परमेश्वरको राज्यको सुसमाचार अरू ठाउँमा पनि सुनाउनुपर्छ