लूका 4:38-41
लूका 4:38-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे। तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्यो, र तुरुन्तै उठेर तिनले उहाँहरूको सेवा गरिन्। अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो। धेरै मानिसहरूबाट भूतहरू पनि चिच्च्याउँदै र यसो भन्दै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनी चिन्थे।
लूका 4:38-41 पवित्र बाइबल (NERV)
येशूले सभा घर छाड्नु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे। येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्। घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो। धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।
लूका 4:38-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सभाघरबाट निस्केर येशू सिमोनको घरमा जानुभयो। त्यस बेला सिमोनकी सासू ज्वरोले थला परेकी थिइन्। घरका मानिसहरूले “तिनलाई निको पारिदिनुहोस्” भनी येशूलाई बिन्ती गरे। उहाँले तिनको नजिकै गएर ज्वरोलाई हकार्नुभयो र ज्वरोले छोडिहाल्यो अनि तिनी उठेर उहाँहरूको सेवा गर्न लागिन्। घाम अस्ताएपछि मानिसहरूले धेरै किसिमका बिमारीहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरूमाथि हात राखेर सबैलाई निको पार्नुभयो। धेरै जनाबाट भूत पनि चिच्च्याएर यसो भन्दै निस्किए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर येशूले ती भूतहरूलाई पटक्कै बोल्न दिनुभएन किनभने उहाँ मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले चिन्दथे।

लूका 4:38-41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे। उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्। घाम अस्ताउनै लाग्दा, मानिसहरूले विभिन्न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि हात राख्नुभयो र सबैलाई निको पार्नुभयो। अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन; किनकि उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।