लूका 4:17-18
लूका 4:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो: “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति
लूका 4:17-18 नेपाली समकालीन संस्करण (NCV)
यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो: “प्रभुको आत्मा ममाथि छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र दृष्टिविहीनहरूलाई दृष्टि दिलाउन, उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन
लूका 4:17-18 पवित्र बाइबल (NERV)
यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुराहरू लेखिएको भेट्टाउनु भयोः “परमप्रभुको आत्मा ममाथि छ। परमेश्वरले मलाई गरीबहरूलाई सु-समचार सुनाउन, बन्धनमा परेकाहरूलाई स्वतन्त्र गर्न, अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न पठाउनु भएकोछ। अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।
लूका 4:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँलाई यशैयाले लेखेको पुस्तक पढ्न दिइयो र पुस्तक खोलेर उहाँले यस्तो लेखिएको ठाउँ निकालेर पढ्नुभयो– प्रभु परमेश्वरले आफ्ना आत्मा ममाथि खन्याउनुभएको छ, गरीबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गरेर पठाउनुभएको छ। कैदीहरूलाई छुट्कारा दिन, अन्धाहरूलाई देख्ने बनाउन, अत्याचारमा परेकाहरूलाई उठाउन