YouVersion लोगो
खोज आइकन

लूका 4:1-4

लूका 4:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू पवित्र आत्‍माले भरपूर भएर यर्दन नदीबाट फर्कनुभयो। पवित्र आत्‍माले उहाँलाई उजाड-स्थानतिर लानुभयो। त्‍यहाँ शैतानले उहाँलाई चालीस दिनसम्‍म परीक्षामा पारेर पापमा फसाउन खोज्‍यो। ती चालीसै दिनसम्‍म येशूले केही पनि खानुभएको थिएन। त्‍यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो। त्‍यति बेला नै शैतानले येशूलाई भन्‍यो, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यस ढुङ्गालाई रोटी होइजा भन्‍नुहोस् अनि रोटी हुनेछ।” येशूले जवाफ दिनुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– खानेकुराले मात्र मानिस बाँच्‍दैन।”

शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्