लूका 3:16-18
लूका 3:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब यूहन्नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एक जना मभन्दा शक्तिशाली आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। निफन्ने नाङ्लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्ने आगोमा जलाउनुहुनेछ।” यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे।
लूका 3:16-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब यूहन्नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको खला सफा गर्न उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।” अनि अरू पनि यस्तै वचनद्वारा यूहन्नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।
लूका 3:16-18 पवित्र बाइबल (NERV)
यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। उहाँ खला सफा पार्न तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नलाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।” त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कुराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।
लूका 3:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो हुँदा यूहन्नाले सबैलाई भने, “म त तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु। तर मभन्दा ठूला एक जना आउँदै हुनुहुन्छ। म त उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। हेर, उहाँले अन्न निफन्न हातमा नाङ्लो लिइसक्नुभएको छ। निफनेर अन्नचाहिँ भकारीमा थन्क्याउनुहुनेछ, तर भुसचाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।” यस्ता अरू पनि धेरै अर्तीहरू दिँदै यूहन्नाले मानिसहरूलाई सुसमाचार सुनाए।