YouVersion लोगो
खोज आइकन

लूका 3:1-38

लूका 3:1-38 पवित्र बाइबल (NERV)

सिजर तिबेरियसको पन्ध्रौं वर्षमा: पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए; अनि हेरोद गालीलका शासक थिए; तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास, अबलेनका शासक थिए। जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड़ स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए। तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए। यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः ‘परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार। प्रत्येक खाल्डा पुरिनेछ, अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन, अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्! सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्!’” यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू सर्पहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो? तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। रूखहरू काट्नलाई बन्चरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउँदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।” मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?” यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।” कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?” यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्दा ज्यादा कर नउठाऊ।” कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?” यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झूटो नबोल। आफूले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।” सबै मानिसहरू ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरूले सोचे, “के उहाँनै ख्रीष्ट हुनुहुन्छ त?” यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। उहाँ खला सफा पार्न तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नलाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।” त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कुराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले। हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए। हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो। जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनुभएको बेला आकाश खोलियो। अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त आनन्दित छु।” जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस वर्ष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए। एली मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। लेवी मल्कीका पुत्र थिए। मल्की यान्नाका पुत्र थिए। यान्ना यूसुफका पुत्र थिए। यूसुफ मत्ताथियसका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए। नग्गै माथका पुत्र थिए। माथ मत्ताथियासका पुत्र थिए। मत्ताथियास सेमैनका पुत्र थिए। सेमैन योसेखका पुत्र थिए। योसेख योदाका पुत्र थिए। योदा योआननका पुत्र थिए। योआनन रेसाका पुत्र थिए। रेसा यरूबाबेल का पुत्र थिए। यरूबाबेल शालतिएलका पुत्र थिए। शालतिएल नेरीका पुत्र थिए। नेरी मल्कीका पुत्र थिए। मल्की अद्दीका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए। एर् यहोशूका पुत्र थिए। यहोशू एलिएजरका पुत्र थिए। एलीएजर योरीमका पुत्र थिए। योरीम मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। लेवी शिमियोनका पुत्र थिए। शिमियोन यहूदाका पुत्र थिए। यहूदा यूसुफका पुत्र थिए। यूसुफ योनानका पुत्र थिए। योनान एल्याकीमका पुत्र थिए। एल्याकीम मलेआका पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए। दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए। नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए। यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए। नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए। शेलह केनानक पुत्र थिए। केनान अर्पक्षदक पुत्र थिए। अर्पक्षदक शेमका पुत्र थिए। शेम नूहका पुत्र थिए। नूह लेमेखका पुत्र थिए। लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए। केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्

लूका 3:1-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

कैसर तिबेरिअसका शासनकालको पन्‍ध्रौँ वर्षमा पन्‍तियस पिलातस यहूदियाका हाकिम थिए। त्‍यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए। हन्‍नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्‍वरको वचन उजाड-स्‍थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो। तिनी पाप-क्षमाको निम्‍ति पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए। यशैया अगमवक्ताका वचनको पुस्‍तकमा यसो लेखिएको छ, “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ। हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्‍ठेरा बाटाहरू सम्‍म हुनेछन्, र सबै प्राणीले परमेश्‍वरको मुक्ति देख्‍नेछन्‌।” यसकारण तिनीसँग बप्‍तिस्‍मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्‍चा हो, आइलाग्‍ने क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो? यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्‍नपछि नलाग, किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्‍ति सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ। अहिले बन्‍चरो रूखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ, र आगोमा फालिनेछ।” मानिसहरूले यूहन्‍नालाई सोधे, “त्‍यसो भए हामीले के गर्ने?” तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्‍यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्‍यसले पनि त्‍यसै गरोस्‌।” कर उठाउनेहरू पनि बप्‍तिस्‍मा लिन आए, अनि तिनलाई सोधे, “गुरुज्‍यू, हामीले के गर्ने?” तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्‍दा बेसी नलेओ।” सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?” तिनले उनीहरूलाई भने, “कसैमाथि अत्‍याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्‍ना तनखामा सन्‍तुष्‍ट रहो।” जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए, र सबै आफ्‍ना मनमा यूहन्‍नाको विषयमा शायद यिनी नै ख्रीष्‍ट हुन्‌ कि भनी विचार गरिरहेका थिए, तब यूहन्‍नाले ती सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर एक जना मभन्‍दा शक्तिशाली आउँदैहुनुहुन्‍छ, जसका जुत्ताको फित्ता खोल्‍ने लायकको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। निफन्‍ने नाङ्‌लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्‍नो खला राम्ररी सफा पार्नुहुनेछ, र गहूँ आफ्‍नो धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसचाहिँ उहाँले ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।” यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्‍नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे। तर शासक हेरोदले आफ्‍नो भाइकी पत्‍नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्‍कर्मका निम्‍ति यूहन्‍नाले तिनलाई हप्‍काएका थिए। यूहन्‍नालाई झ्‍यालखानमा थुनेर तिनले ती सबै दुष्‍कर्महरूमाथि अझ एउटा दुष्‍कर्म थपे। जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्‍वर्ग उघ्रियो, र पवित्र आत्‍मा शारीरिक रूपमा ढुकुरजस्‍तो उहाँमाथि ओर्लनुभयो। अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।” येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्‍थ्‍यो। मानिसहरू उहाँ योसेफका छोरा हुन्‌ भन्‍ठान्‍थे। योसेफ एलीका छोरा थिए, एली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्‍कीका छोरा, मल्‍की यान्‍नाका छोरा, यान्‍ना योसेफका छोरा, योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्‍गैका छोरा, नग्‍गै माथका छोरा, माथ मत्ताथियास छोरा, मत्ताथियास सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा, योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा, नेरी मल्‍कीका छोरा, मल्‍की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादमका छोरा, एलमादम एर्‌का छोरा, एर्‌ यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्‍याकीमका छोरा, एल्‍याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा, मिन्‍ना मत्ताथाका छोरा, मत्ताथाका नातानका छोरा, नातान दाऊदका छोरा, दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्‍मोनका छोरा, सल्‍मोन नहशोनका छोरा, नहशोन अम्‍मीनादाबका छोरा, अम्‍मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा, यहूदा याकूबका छोरा, याकूब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा, नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा, शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा, लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा, केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, आदम परमेश्‍वरका छोरा थिए।

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्

लूका 3:1-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

रोमी महाराजा तिबेरिअसले राज्‍य गरेको पन्‍ध्र वर्ष भएको थियो। त्‍यस बेला पन्‍तियस पिलातस यहूदिया क्षेत्रका रोमी बडा-हाकिम थिए। रोमी महाराजाका अधीनमा हेरोदले गालील क्षेत्रमा राज्‍य गर्थे र तिनका भाइ फिलिपले इतुरिया र त्राखोनितिस क्षेत्रमा राज्‍य गर्थे। अबिलेने क्षेत्रमा लुसानियास भन्‍ने व्‍यक्तिले राज्‍य गर्थे। त्‍यस बेलाका प्रधान पूजाहारीहरूचाहिँ हन्‍नास र कैयाफा थिए। त्‍यति नै खेर उजाड-स्थानमा परमेश्‍वरले जकरियाका छोरा यूहन्‍नालाई प्रचार गर्ने आदेश दिनुभयो। यूहन्‍नाले यर्दन नदीका चारैतिरका क्षेत्रतर्फ गएर मानिसहरूलाई यसरी प्रचार गर्न थाले, “आ-आफ्‍ना पाप मानेर छोड र बप्‍तिस्‍मा लेओ अनि परमेश्‍वरले तिमीहरूले गरेका पाप क्षमा गर्नुहुनेछ।” यसरी यशैया अगमवक्ताले धर्मशास्‍त्रमा लेखेका यी कुराहरू पूरा हुन आए– सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्, “प्रभु आउनुहुने बाटो तयार पार, उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ! सबै खोल्‍सा-खोल्‍सी पुर्नुपर्छ, डाँडा-काँडा र पहाडहरू सम्‍याउनुपर्छ, घुमाउरो बाटो सोझो र अप्‍ठ्यारो बाटो सजिलो बनाउनुपर्छ अनि सबै मानिसहरूले मुक्ति देख्‍नेछन्।” धेरै मानिसहरू यूहन्‍नाकहाँ बप्‍तिस्‍मा लिन आए। तर यूहन्‍नाले तिनीहरूलाई भने, “ए विषालु सर्पका सन्‍तान हो! ‘परमेश्‍वरले गर्नुहुने न्‍यायबाट हामी उम्‍कन सकौंला’ भनेर तिमीहरूलाई कसले सिकायो? तिमीहरूले साँच्‍चै आ-आफ्‍ना पापलाई मानिलिएर आफ्‍नो मन परमेश्‍वरतिर फर्काएका हौ भने त्‍यहीअनुसार चल्‍ने गर। तर ‘हामी अब्राहामका सन्‍तान हौं’ भन्‍दैमा तिमीहरू उम्‍कन्‍छौ भन्‍ने नसम्‍झ। म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरले अब्राहामका सन्‍तानलाई यी ढुङ्गाहरूबाट पनि जन्‍माउन सक्‍नुहुन्‍छ। रूखको फेदमा बन्‍चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ।” मानिसहरूले यूहन्‍नालाई सोधे, “त्‍यसो भए हामीले के गर्नुपर्ने हो त?” उनले तिनीहरूलाई जवाफ दिए, “दुईटा दौरा हुनेले दौरा नहुनेलाई देओस्। त्‍यस्‍तै खानेकुरा हुनेले नहुनेलाई देओस्।” कर उठाउनेहरू पनि बप्‍तिस्‍मा लिन आए र यूहन्‍नालाई सोधे, “गुरुज्‍यू, हामीहरूले चाहिँ के गर्नुपर्ने हो?” तिनीहरूलाई उनले भने, “सरकारले तोकेको भन्दा धेरै कर नउठाओ।” सिपाहीहरूले पनि सोधे, “हामीहरूले के गर्नुपर्ने हो?” यूहन्‍नाले तिनीहरूलाई भने, “करकापमा पारेर वा झूटो दोष लगाएर कसैसँग पैसा नलेओ। बरु आफ्‍नै तलबमा सन्‍तुष्‍ट रहो।” मानिसहरू मुक्ति दिनुहुने राजा ख्रीष्‍टको आशामा थिए अनि तिनीहरूले मनमनै ‘यूहन्‍ना नै ख्रीष्‍ट हुनुहुन्‍छ कि?’ भनेर विचार गर्दै थिए। त्‍यसो हुँदा यूहन्‍नाले सबैलाई भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिन्‍छु। तर मभन्दा ठूला एक जना आउँदै हुनुहुन्‍छ। म त उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। हेर, उहाँले अन्‍न निफन्‍न हातमा नाङ्लो लिइसक्‍नुभएको छ। निफनेर अन्‍नचाहिँ भकारीमा थन्‍क्‍याउनुहुनेछ, तर भुसचाहिँ कहिल्‍यै ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।” यस्‍ता अरू पनि धेरै अर्तीहरू दिँदै यूहन्‍नाले मानिसहरूलाई सुसमाचार सुनाए। राजा हेरोदले आफ्‍ना भाइकी जहान हेरोदियासलाई राखेकोमा यूहन्‍नाले उनलाई हप्‍काए र उनका अरू धेरै पापहरू पनि देखाइदिए। त्‍यसो हुँदा हेरोदले यूहन्‍नालाई थुने र यसरी अझै ठूलो खराब काम गरे। सबै मानिसले बप्‍तिस्‍मा लिंदैगर्दा येशूले पनि बप्‍तिस्‍मा लिनुभयो र उहाँले प्रार्थना गरिरहँदा स्‍वर्ग उघ्रियो र पवित्र आत्‍मा ढुकुरको रूपमा उहाँमाथि ओर्ली आउनुभयो अनि स्‍वर्गबाट यस्‍तो आवाज आयो, “तिमी मेरा प्‍यारा पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।” येशूले आफ्‍नो काम सुरु गर्नुहुँदा उहाँको उमेर तीस वर्ष जति भएको थियो। मानिसहरूले योसेफलाई नै उहाँका पिता भनी ठान्‍थे। योसेफका पिता एली थिए, एलीका पिता मत्तात, मत्तातका लेवी, लेवीका मल्‍की, मल्‍कीका यान्‍ना, यान्‍नाका योसेफ, यसरी नै योसेफका पिता मत्ताथियास, मत्ताथियासका आमोस, आमोसका नहूम, नहूमका इसली, इसलीका नग्‍गै। नग्‍गैका माथ, माथका मत्ताथियास, मत्ताथियासका सेमैन, सेमैनका योसेख अनि योसेखका पिता योदा थिए। योदाका पिता योआनन र योआननका रेसा, रेसाका यरुबाबेल, यरुबाबेलका शालतिएल र शालतिएलका नेरी, नेरीका पिता मल्‍की, मल्‍कीका अद्दी, अद्दीका कोसाम, कोसामका एलमादम, एलमादमका एर्‌, एर्‌का पिता यहशू, यहशूका एलीएजर र एलीएजरका योरीम, योरीमका मत्तात, मत्तातका लेवी, लेवीका शिमियोन, शिमियोनका यहूदा र यहूदाका योसेफ, योसेफका योनान, योनानका एल्‍याकीम थिए। एल्‍याकीमका पिता मलेआ र मलेआका पिता मिन्‍ना थिए। मिन्‍नाका मत्ताथा, मत्ताथाका नातान, नातानका दाऊद, दाऊदका यिशै, यिशैका ओबेद, ओबेदका बोअज, बोअजका सल्‍मोन, सल्‍मोनका नहशोन, नहशोनका अम्‍मीनादाब, अम्‍मीनादाबका पिता आराम थिए। आरामका पिता हेस्रोन, हेस्रोनका फारेस, फारेसका यहूदा, यहूदाका याकूब, याकूबका इसहाक, इसहाकका अब्राहाम, अब्राहामका तेरह र तेरहका नाहोर थिए। नाहोरका पिता सरूग, सरूगका रऊ, रऊका पेलेग र पेलेगका एबेर, एबेरका शेलह, शेलहका केनान, केनानका अर्पक्षद र अर्पक्षदका शेम, शेमका नोआ र नोआका लेमेख, लेमेखका मतूशेलह, मतूशेलहका हनोक, हनोकका येरेद र येरेदका महलालेल, महलालेलका केनान, केनानका एनोश, एनोशका शेत र शेतका पिता आदम थिए अनि आदमका पिता परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

लूका 3:1-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए, तब हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो। तिनी पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदीका वरपर सबै इलाकातर्फ गए। जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ। प्रत्येक उपत्यका पुरिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्। अप्ठेरा बाटाहरू समतल हुनेछन्। अनि सबै मानव जातिले परमेश्‍वरको मुक्ति देख्नेछन्।’ ” यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? पश्‍चात्ताप अनुसारको फल फलाओ, र आफैँ, ‘हामी अब्राहामका सन्तान हौँ’ भन्‍ने नठान; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ। रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।” त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौँ त?” यूहन्‍नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।” कर उठाउनेहरू पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौँ?” तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।” त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीले चाहिँ के गरौँ त?” तिनले जवाफ दिए, “कसैलाई नलुट, र मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्‍ट रहो।” मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्‍ना नै ख्रीष्‍ट हुन् कि भनी विचार गरिरहेका थिए। तब यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ। उहाँको खला सफा गर्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।” अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे। तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्‍नाले उनलाई हप्काए, तब यूहन्‍नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे। जब धेरै मानिसहरूले बप्‍तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो। अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।” अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए। योसेफ हेलीका छोरा थिए, हेली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा, मल्की यन्‍नाईका छोरा, यन्‍नाई योसेफका छोरा, योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा, नग्गै माथका छोरा, माथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा, योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा, नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा, एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनामका छोरा, योनाम एल्याकीमका छोरा, एल्याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा, मिन्‍ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दावीदका छोरा, दावीद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा, नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा, यहूदा याकोबका छोरा, याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा, नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा, शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा, लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा, केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, अनि आदम परमेश्‍वरका छोरा थिए।