लूका 24:46-49
लूका 24:46-49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यी नै कुराका साक्षी हौ। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुञ्जेल तिमीहरू यही सहरमा बसिरहो।”
लूका 24:46-49 नेपाली समकालीन संस्करण (NCV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ: ख्रीष्टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ, अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाउँमा पाप क्षमाको पश्चात्तापको प्रचार हुनेछ। तिमीहरू यिनै कुराहरूका साक्षी छौ। मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउँनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यसै शहरमा बसिरहो।”
लूका 24:46-49 पवित्र बाइबल (NERV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ। तिमीहरूले यी सबै घट्ना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ। सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपाउरून्जेल यहाँ यरूशलेममा नै पर्खिरहो।”
लूका 24:46-49 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“धर्मशास्त्रमा यसरी लेखिएको छ– मुक्ति दिने ख्रीष्टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ। ख्रीष्टको नाममा आफ्नो पापलाई मानिलिएर पाप गर्न छोड्यो भने पापको क्षमा पाइन्छ भन्ने कुरा सबैतिर प्रचार गरिनुपर्छ। यो कुरा यरूशलेमबाट सुरु गरेर सबै जातिका मानिसहरूलाई सुनाउनुपर्छ। तिमीहरू नै यी सबै कुराका साक्षी हौ। तर सुन, मेरा पिताले गर्नुभएको प्रतिज्ञा म तिमीहरूकहाँ पठाउनेछु। तर तिमीहरू माथिबाट आउने त्यो शक्तिले नभरिएसम्म यही सहरमा नै पर्खेर बसिरहो।”