लूका 24:45-48
लूका 24:45-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यी नै कुराका साक्षी हौ।
लूका 24:45-48 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ: ख्रीष्टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ, अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाउँमा पाप क्षमाको पश्चात्तापको प्रचार हुनेछ। तिमीहरू यिनै कुराहरूका साक्षी छौ।
लूका 24:45-48 पवित्र बाइबल (NERV)
त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझ्ने मन खोली दिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ। तिमीहरूले यी सबै घट्ना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ।
लूका 24:45-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि उहाँले तिनीहरूलाई धर्मशास्त्रमा लेखिएका कुराहरू बुझ्ने शक्ति दिनुभयो र भन्नुभयो, “धर्मशास्त्रमा यसरी लेखिएको छ– मुक्ति दिने ख्रीष्टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ। ख्रीष्टको नाममा आफ्नो पापलाई मानिलिएर पाप गर्न छोड्यो भने पापको क्षमा पाइन्छ भन्ने कुरा सबैतिर प्रचार गरिनुपर्छ। यो कुरा यरूशलेमबाट सुरु गरेर सबै जातिका मानिसहरूलाई सुनाउनुपर्छ। तिमीहरू नै यी सबै कुराका साक्षी हौ।