लूका 22:40-42
लूका 22:40-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।” उहाँ तिनीहरूबाट प्राय: तीस मिटर पर गएर घुँड़ा टेकी प्रार्थना गर्नुभयो, “हे पिता, तपाईंको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्। तर मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।”
लूका 22:40-42 नेपाली समकालीन संस्करण (NCV)
त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।” अनि उहाँ तिनीहरूबाट करीब तीस मिटर पर जानुभयो र घुँडा टेकेर प्रार्थना गर्नुभयो, “हे पिता, तपाईंको इच्छा भए यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।”
लूका 22:39-42 पवित्र बाइबल (NERV)
येशूले शहर (यरूशलेम) छोड्नु भयो अनि सधैँ झैं जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहांसँगै गए। जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।” तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो, “हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कचौरा मदेखि हटाइदिनुहोस्। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।”
लूका 22:40-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस ठाउँमा पुगेर उहाँले चेलाहरूलाई भन्नुभयो, “जाँचमा तिमीहरूले फस्नुनपरोस् भनेर प्रार्थना गर।” त्यसपछि येशू अलिक पर गएर घुँडा टेकेर प्रार्थना गर्न लाग्नुभयो। उहाँले भन्नुभयो, “हे पिता, तपाईंको इच्छा भए यो दु:खको कचौरा मबाट हटाइदिनुहोस्। तर पनि मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।”