लूका 22:31-32
लूका 22:31-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।”
लूका 22:31-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ। तर सिमोन तिम्रो विश्वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”
लूका 22:31-32 पवित्र बाइबल (NERV)
“शैतानले जाँच गर्न सोच्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन, मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”
लूका 22:31-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि येशूले भन्नुभयो, “सिमोन, ए सिमोन सुन, शैतानले तिमीहरू सबैलाई गहुँजस्तै गरी निफन्ने आज्ञा पाएको छ। तर तिम्रो विश्वास नहराओस् भनेर मैले प्रार्थना गरेको छु। फेरि मकहाँ फर्केपछि तिमीले आफ्ना दाजुभाइहरूलाई पनि दरिलो पार्नुपर्छ।”