लूका 22:25-26
लूका 22:25-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन्। तर तिमीहरूचाहिँ यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्।
लूका 22:25-26 नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैलाई ‘उपकारी’ भन्छन्। तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैं बनोस् र साशकचाहिँ सेवा गर्नेजस्तै बनोस्।
लूका 22:25-26 पवित्र बाइबल (NERV)
तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैंलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्। तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ।
लूका 22:25-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूले चाहिँ आफ्ना प्रजामाथि राज्य गर्छन् र अधिकार चलाउनेहरूले आफूलाई उपकारी भन्न लगाउँछन्। तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमध्ये सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैभन्दा सानो हुनुपर्छ र अगुवा हुन चाहनेचाहिँ नोकरजस्तै हुनुपर्छ।