लूका 22:24-30

लूका 22:24-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब तिनीहरूमध्‍ये सबैभन्‍दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्‍यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अन्‍यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्‍व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्‍छन्‌। तर तिमीहरूचाहिँ यस्‍तो नहोओ। तिमीहरूमध्‍ये जो ठूलो छ, त्‍यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस्‌। किनभने ठूलो को हो? भोजन खान बस्‍ने कि सेवा गर्ने? के भोजन खान बस्‍ने होइन? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्‍तै छु। “तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ। जसरी मेरा पिताले मलाई एउटा राज्‍य दिनुभयो, म पनि तिमीहरूलाई दिन्‍छु, ताकि मेरो राज्‍यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्‍याय गरेर सिंहासनहरूमा बस्‍नेछौ।

शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्

लूका 22:24-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद हुन थाल्यो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैँलाई ‘उपकारी’ भन्छन्। तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैँ बनोस्; र शासकचाहिँ सेवा गर्नेजस्तै बनोस्। किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु। मेरो परीक्षामा मसँग खडा रहनेहरू तिमीहरू नै हौ। अनि म तिमीहरूलाई एउटा राज्य नियुक्त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्त गर्नुभएको छ; ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ। अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्‍नेछौ।

शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्

लूका 22:24-30 पवित्र बाइबल (NERV)

तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे। तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैंलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्। तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ। को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठूलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ? “तिमीहरू तिनीहरू हौ जो मेरो संघर्षहरूमा छेउमा बसेका थियौं। मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु। मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।

शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्

लूका 22:24-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि चेलाहरूमा को ठूलो भन्‍ने हानाथाप हुन थाल्‍यो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “संसारका राजाहरूले चाहिँ आफ्‍ना प्रजामाथि राज्‍य गर्छन् र अधिकार चलाउनेहरूले आफूलाई उपकारी भन्‍न लगाउँछन्। तर तिमीहरूमा चाहिँ त्‍यस्‍तो हुनुहुँदैन। तिमीहरूमध्‍ये सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैभन्दा सानो हुनुपर्छ र अगुवा हुन चाहनेचाहिँ नोकरजस्‍तै हुनुपर्छ। खान बस्‍ने मालिक र खान दिने नोकरमा कुनचाहिँ ठूलो हो? मालिक होइन र? तर हेर, म त तिमीहरूको बीचमा खाना दिने नोकरजस्‍तै भएको छु। “मेरा सबै दु:खको बेलामा तिमीहरूले मलाई साथ दियौ। मेरा पिताले मलाई शासन गर्ने अधिकार दिनुभयो र म पनि तिमीहरूलाई अधिकार दिनेछु। मेरो राज्‍यमा तिमीहरू मसँगै बसेर खानेछौ अनि सिंहासनमा बसेर इस्राएलका बाह्र कुलको न्‍याय गर्नेछौ।”

शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्