YouVersion लोगो
खोज आइकन

लूका 22:15-20

लूका 22:15-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले दुःख भोग्‍न अघि नै यो निस्‍तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्‍छा गरेको थिएँ, किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍यमा यो पूरा नहोउञ्‍जेल म यो भोज फेरि खानेछैनँ।” तब कचौरा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़। किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआउञ्‍जेल अब उप्रान्‍त अङ्‍गुरको रस म पिउनेछैनँ।” अनि उहाँले रोटी लिनुभयो र धन्‍यवाद चढ़ाउनुभएपछि त्‍यो भाँच्‍नुभयो र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “तिमीहरूका निम्‍ति दिइएको यो मेरो शरीर हो। मेरो सम्‍झनामा यो गर्ने गर।” यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।

शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्

लूका 22:15-20 नेपाली समकालीन संस्करण (NCV)

अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।” कचौरा लिनुभएपछि, उहाँले परमेश्‍वरलाई धन्यवाद दिनुभयो र भन्‍नुभयो, “यो लेओ र तिमीहरू आपसमा बाँड। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म फेरि दाखको फलबाट म कहिल्यै पिउनेछैनँ।” त्यसपछि उहाँले रोटी लिनुभयो, परमेश्‍वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।” त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ।

शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्

लूका 22:15-20 पवित्र बाइबल (NERV)

येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो। किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।” त्यसपछि उहाँले एक कचौरा दाखरस लिनु भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँढ। म तिमीहरूलाई भन्छु, म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।” त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।” त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”

शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्

लूका 22:15-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दु:ख भोग्‍नुभन्दा अघि मैले तिमीहरूसँग निस्तार चाडको यो भोज खाने ठूलो इच्‍छा गरेको थिएँ। अब म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यमा यस भोजको अर्थ पूरा नहुञ्‍जेल म फेरि यो भोज खानेछैनँ।” त्‍यसपछि येशूले कचौरा लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर भन्‍नुभयो, “यो लेओ र तिमीहरू सबैले बाँडेर खाओ। म तिमीहरूलाई भन्‍छु, अबदेखि परमेश्‍वरको राज्‍य नआउञ्‍जेल म फेरि अङ्‌गुरको रस पिउनेछैनँ।” त्‍यसपछि येशूले रोटी लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर टुक्र्याउनुभयो र चेलाहरूलाई दिँदै भन्‍नुभयो, “तिमीहरूलाई दिएको यो मेरो शरीर हो। अबदेखि मेरो सम्‍झनाको निम्‍ति यसरी नै खाने गर।” त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर चेलाहरूलाई दिँदै भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा बाँधेको नयाँ वाचा हो। यो रगत तिमीहरूको निम्‍ति बगाइएको छ।

शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्