लूका 21:1-4
लूका 21:1-4 नेपाली समकालीन संस्करण (NCV)
येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो। उहाँले एउटी गरिब विधवाले तामाका दुईओटा साना सिक्का चढाएकी पनि देख्नुभयो। अनि उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे। अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले ता आफ्नो गरिबीबाट आफ्नो जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।”
लूका 21:1-4 पवित्र बाइबल (NERV)
येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो। त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो। येशूले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई। किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”
लूका 21:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मन्दिरमा येशूले हेर्नुहुँदा धनी मानिसहरूले मन्दिरको दान हाल्ने बाकसमा भेटी चढाइरहेका र एउटी गरीब विधवाले पनि तामाको दुई सिक्का चढाएको देख्नुभयो। यो देखेर येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, यस गरीब विधवाले अरू सबैले भन्दा धेरै भेटी चढाएकी छिन् किनभने अरूले त आफ्नो उब्रिएको धनबाट केही चढाएका छन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि आफूमा भएको पूरा जीविका चलाउने खर्च नै चढाएकी छिन्।”
लूका 21:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्ना भेटी मन्दिरको दानपात्रमा राखेका देख्नुभयो। उहाँले एउटी गरीब विधवालाई त्यहाँ दुई पैसा चढ़ाएकी पनि देख्नुभयो। तब उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ़ी चढ़ाएकी छे। किनकि यिनीहरू सबैले आफ्ना प्रशस्तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिई।”