लूका 21:1-38
लूका 21:1-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्ना भेटी मन्दिरको दानपात्रमा राखेका देख्नुभयो। उहाँले एउटी गरीब विधवालाई त्यहाँ दुई पैसा चढ़ाएकी पनि देख्नुभयो। तब उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ़ी चढ़ाएकी छे। किनकि यिनीहरू सबैले आफ्ना प्रशस्तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिई।” अब कोही-कोहीले सुन्दर-सुन्दर ढुङ्गाहरू र दानमा प्राप्त भएका सामग्रीहरूले सुसज्जित पारिएका मन्दिरको विषयमा कुरा गर्न लागे। येशूले भन्नुभयो, “तिमीहरूले जे देखिरहेका छौ, यस्तो समय आउनेछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, ती जम्मै भत्किनेछन्।” तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, यी सब कहिले हुनेछन्? र यो कुरा हुन लाग्दा के चिन्ह हुनेछ?” उहाँले भन्नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्। मेरो नाउँमा धेरै जना ‘म उही नै हुँ’ र ‘बेला नजिक आएको छ,’ भनेर भन्छन्। तिनीहरूका पछि तिमीहरू नलाग। तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्त्यचाहिँ तुरुन्तै हुनेछैन।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “राष्ट्र, राष्ट्रका विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्नेछ। भयङ्कर भूकम्पहरू हुनेछन्। विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्हहरू हुनेछन्। “तर यी सबै कुराहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रनेछन्, र सताउनेछन्, र तिमीहरूलाई सभाघरहरूमा सुम्पिदिनेछन्, र झ्यालखानमा हालिदिनेछन्। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्ने पुर्याउनेछन्। तर तिमीहरूका लागि यो एउटा गवाही दिने अवसर हुनेछ। यसकारण आफ्नो बचाउको निम्ति के भन्ने हो सो अघिबाट सोच्नेछैनौं भनी आफ्ना मनमा पक्का गर। किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्नेछैनन्, अनि खण्डन गर्न पनि सक्नेछैनन्। तर तिमीहरूका आमा-बुबा र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन्, र तिमीहरूमध्ये कोही-कोहीलाई तिनीहरूले मार्नेछन्। मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्। तर तिमीहरूका शिरको एउटा केश पनि नष्ट हुनेछैन। तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। “तर जब यरूशलेमलाई सेनाहरूले घेरेका देख्छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान। तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्। सहरभित्र हुनेहरू बाहिर भागिजाऊन्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून्। किनभने लेखिएका कुराहरू सबै पूरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन्। ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ। तिनीहरू तरवारले मारिनेछन्, र सबै देशहरूमा कैदी बनाएर लगिनेछन्। अनि अन्यजातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरूशलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन्। “सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्वीका राष्ट्रहरू सङ्कष्टमा परी व्याकुल हुनेछन्। संसारमा हुन आउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन्। जब यी कुरा हुन थाल्छन् तब खड़ा होओ र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।” उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो: “अञ्जीरको रूख र सबै रूखहरूलाई हेर, तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ, कि ग्रीष्म ऋतु नजिकै छ। त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान। “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै घटना पूरा नभएसम्म यो पुस्ता बितिजानेछैन। आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचन बित्नेछैनन्। “तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैँ आइपर्ला। किनकि यसरी नै सारा पृथ्वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ। तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।” येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र रातीचाहिँ निस्केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्थ्यो। उहाँको वचन सुन्नलाई सबै मानिसहरू बिहानै मन्दिरमा आउँथे।
लूका 21:1-38 पवित्र बाइबल (NERV)
येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो। त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो। येशूले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई। किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।” केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो। परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।” तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुङ्गा नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।” ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घट्ना हुनेछ? यी घट्नाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?” येशूले भन्नुभयो, “सतर्क बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ,’ अनि, ‘सही समय आएको छ!’ तर तिनीहरूलाई नपछ्याउनु। जब तिमीहरूले लडाईं र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरू माझ लडाईं चल्नेछ। राज्य-राज्यहरू माझ झगड़ा चल्नेछ। ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घट्नाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ। “तर यी घट्नाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झ्यालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ। तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ। तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन। म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन। तिमीहरूको बाबु-आमा, दाज्ययू-भाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्। सबै मानिसहरूले तिमीहरूलाई मेरो अनुशरण गरेकोमा त्याग गर्नेछन्। तर यी सब कुराहरूले शिरको एउटा केश पनि नष्ट हुनेछैन। तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ। “तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ। त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भाग्नु पर्छ। मानिसहरूले तत्कालै यरूशलेम छोडनु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्। त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ। त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ। कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुन्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्। “सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घट्नाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङ्कटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन्। मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङ्कित हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्। तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ। जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथितिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।” त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो। जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो। त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ। “म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घट्नाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्। आकाश र पृथ्वी ध्वंस हुनेछ, तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्। “होशियार बस! आफ्नो समय महा-भोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ। पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ। यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।” येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतून भन्ने पाहाड़मा बिताउनु भयो। प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे।

लूका 21:1-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो। उहाँले एउटी गरिब विधवाले तामाका दुई वटा साना सिक्का चढाएकी पनि देख्नुभयो। उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे। अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले त आफ्नो गरिबीबाट आफूसँग जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।” जब उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्ने विषयमा चर्चा गर्दैथिए, येशूले भन्नुभयो, “यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा पनि ढुङ्गा अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।” तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्ने चिन्ह के हुनेछ?” उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग। जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्लाहरू सुन्नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ; तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।” त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्। “तर यी सबै हुनुभन्दा अगि तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ। यी सबै कुरा मेरो नामको कारणले गर्दा आइपर्नेछ। यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ। तर आफ्नो बचाउका लागि के भन्ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्चय गर। किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन। तिमीहरू त तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोकामा पर्नेछौ। तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्। अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो कारणले घृणा गर्नेछन्। तर तिमीहरूको शिरको एउटा केश पनि नाश हुनेछैन। स्थिर भई खडा रह्यौ भने तिमीहरूले जीवन प्राप्त गर्नेछौ। “जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्नेछौ। तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। सहरमा हुनेहरू बाहिर निस्कून् र गाउँमा हुनेहरू सहरभित्र नपसून्। किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ। हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्ट र यस जातिमाथि क्रोध आइपर्नेछ। तिनीहरू तरवारले ढालिनेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ। “सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्ट र व्याकुलमा पर्नेछन्। संसारमा के आइपर्नेछ भन्ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। त्यस बेला तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित बादलमा आइरहेको देख्नेछन्। जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्ति नजिक आउँदैछ।” उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर। जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैँले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ। त्यसरी नै जब तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान। “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन। आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्। “होसियार बस, नत्रता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालापन र जीवनको फिक्रीले मन्द होला, र त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैँ एक्कासि आइपर्ला। किनकि त्यो पृथ्वीमाथि बास गर्नेहरू सबैमाथि आइपर्नेछ। तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।” येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो, सबै मानिसहरू उहाँको वचन सुन्नलाई बिहानै मन्दिरमा आउँथे।
लूका 21:1-38 पवित्र बाइबल (NERV)
येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो। त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो। येशूले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई। किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।” केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो। परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।” तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुङ्गा नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।” ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घट्ना हुनेछ? यी घट्नाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?” येशूले भन्नुभयो, “सतर्क बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ,’ अनि, ‘सही समय आएको छ!’ तर तिनीहरूलाई नपछ्याउनु। जब तिमीहरूले लडाईं र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरू माझ लडाईं चल्नेछ। राज्य-राज्यहरू माझ झगड़ा चल्नेछ। ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घट्नाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ। “तर यी घट्नाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झ्यालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ। तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ। तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन। म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन। तिमीहरूको बाबु-आमा, दाज्ययू-भाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्। सबै मानिसहरूले तिमीहरूलाई मेरो अनुशरण गरेकोमा त्याग गर्नेछन्। तर यी सब कुराहरूले शिरको एउटा केश पनि नष्ट हुनेछैन। तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ। “तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ। त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भाग्नु पर्छ। मानिसहरूले तत्कालै यरूशलेम छोडनु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्। त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ। त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ। कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुन्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्। “सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घट्नाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङ्कटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन्। मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङ्कित हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्। तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ। जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथितिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।” त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो। जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो। त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ। “म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घट्नाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्। आकाश र पृथ्वी ध्वंस हुनेछ, तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्। “होशियार बस! आफ्नो समय महा-भोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ। पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ। यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।” येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतून भन्ने पाहाड़मा बिताउनु भयो। प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे।
लूका 21:1-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मन्दिरमा येशूले हेर्नुहुँदा धनी मानिसहरूले मन्दिरको दान हाल्ने बाकसमा भेटी चढाइरहेका र एउटी गरीब विधवाले पनि तामाको दुई सिक्का चढाएको देख्नुभयो। यो देखेर येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, यस गरीब विधवाले अरू सबैले भन्दा धेरै भेटी चढाएकी छिन् किनभने अरूले त आफ्नो उब्रिएको धनबाट केही चढाएका छन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि आफूमा भएको पूरा जीविका चलाउने खर्च नै चढाएकी छिन्।” एकपल्ट चेलाहरूले, “राम्रा-राम्रा ढुङ्गाहरूले बनाइएको र चढाइएका भेटीहरूद्वारा सिङ्गारिएको यो मन्दिर कति सुन्दर छ!” भन्दै कुरा गरिरहेका थिए। येशूले भन्नुभयो, “यस्तो समय आउनेछ, जुन समयमा अहिले यहाँ देखिएका घरहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्काइनेछ!” तिनीहरूले भने, “गुरुज्यू, यो कहिले हुनेछ? अनि यस्तो हुन लाग्यो भनी हामीले कसरी थाहा पाउने?” येशूले भन्नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले पनि छकाउन नपाओस् किनभने धेरै मानिसहरू मेरो नाउँमा ‘ख्रीष्ट मै हुँ’ भन्दै आउनेछन् अनि ‘समय नजिकै छ’ भन्नेछन् तर तिनीहरूको पछि नलाग। घमासान लडाइँ र झगडा भएको कुरा सुनेर नआत्तिनू, अन्त हुनुभन्दा पहिले ती सबै कुराहरू हुन आउनु नै पर्छ। तर त्यति नै खेर त संसारको अन्त हुँदैन!” येशूले फेरि भन्नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्नेछ। एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ। ठूला-ठूला भूइँचाला जानेछन्, जताततै अनिकालपर्नेछ, महामारी चल्नेछ। आकाशमा डरलाग्दा कुराहरू हुनेछन् र ठूला-ठूला चिन्हहरू देखिनेछन्। “यी सबै कुरा हुनुभन्दा अघि मानिसहरूले तिमीहरूलाई मेरो नाउँको कारणले पक्रनेछन्, सताउनेछन्, सभाघरमा लगेर मुद्दा चलाउनेछन् र झ्यालखानमा हाल्नेछन्। अझै तिनीहरूले तिमीहरूलाई राजा र बडा-हाकिमका अगाडि उभ्याउनेछन्। त्यस बेला तिमीहरूलाई मेरो बारेमा साक्षी दिने मौका मिल्नेछ। तर आफ्नो बचाउको लागि के भन्ने हो भनेर पटक्कै चिन्ता नगर किनभने म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु कि तिमीहरूले भनेको कुराहरूमा उत्तर दिन तिमीहरूका विरोधीहरूको मुखमा बुजो लाग्नेछ। आफ्नै आमा-बुबा, दाजुभाइ, आफन्त र साथीहरूले समेत तिमीहरूलाई पक्राइदिनेछन्। तिमीहरूमध्ये कतिलाई त तिनीहरूले मार्नेछन्। मेरो कारणले सबैले तिमीहरूलाई घृणा गर्नेछन्। तर एउटै केश पनि तिमीहरूको टाउकोबाट झर्नेछैन। डटेर बस र तिमीहरूले जीवन पाउनेछौ। ‘यरूशलेम सहरलाई फौजले घेरा हालेको देखेपछि अब सहरको नाश हुने बेला आइपुगेछ’ भन्ने कुरा तिमीहरूले बुझ। त्यस बेला यहूदिया क्षेत्रमा हुनेहरू पहाडतिर भागून्, सहरभित्र हुनेहरूले सहर छोडून् र गाउँतिर हुनेहरू सहरमा नपसून् किनभने ती सजायका दिनहरू हुन् अनि धर्मशास्त्रमा लेखिएका सबै कुरा पूरा हुने नै छन्। त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई झन् अप्ठ्यारोपर्नेछ। देशभरि डरलाग्दो दु:ख आइपर्नेछ। परमेश्वरको दण्ड यस जातिका मानिसहरूमाथि खनिनेछ। शत्रुहरूले मानिसहरूलाई कि त तरवारले टुक्र्याउनेछन् कि त कैद गरेर देश-देशमा लैजानेछन्। अरू जातिका मानिसहरूको दिन पूरा नहुञ्जेल तिनीहरूले यरूशलेमलाई कुल्ची-मिल्ची गर्नेछन्। “घाम, जून र ताराहरूमा अनौठा चिन्हहरू देखिनेछन्। समुद्रका गर्जन र डरलाग्दा छालहरूले गर्दा पृथ्वीभरि सबै जातिका मानिसहरू डरले हताश हुनेछन्। पृथ्वीमा आइलाग्ने कुराहरूको डरले मानिसहरू मुर्च्छा पर्नेछन् किनभने आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्। त्यसपछि मानव पुत्र बादलमा ठूलो शक्ति र महामहिमाको साथ आउँदै गरेको देखा पर्नुहुनेछ। त्यस्ता कुराहरू हुनेबित्तिकै साहसी भएर माथितिर हेर किनभने तिमीहरूको उद्धार चाँडै हुनेछ।” त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “नेभारा र अरू रूखहरूलाई हेर, तिनीहरूमा पालुवा लागेको देखेपछि तिमीहरूले गर्मीको याम लागेछ भनेर जान्दछौ। त्यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्दा परमेश्वरको राज्य आइसक्न लागेछ भनेर तिमीहरूले जान्नेछौ। साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा पूरा नहुञ्जेल यो जाति नाश हुनेछैन। आकाश र पृथ्वी बितेर जानेछन् तर मैले भनेका कुराहरू बित्नेछैनन्। “चनाखो भएर बस, धेरै भोज-भतेरपछि नलाग, मातेर नहिँड र यस जीवनको निम्ति फिक्री नगर। नत्रता तिमीहरूको मन बोधो हुनेछ र “त्यो दिन” तिमीहरूले नचिताएको बेलामा आउनेछ। एक्कासि पासोमा परेजस्तै “त्यो दिन” पृथ्वीका सबै मानिसहरूमाथि आइपर्नेछ। त्यसैले चनाखो भएर बस। ‘ती सबै डरलाग्दा कुराहरूबाट बाँचेर मानव पुत्रको सामुन्ने उभिन सक्ने शक्ति हामीहरूलाई दिनुहोस्’ भनेर परमेश्वरसँग सधैँ प्रार्थना गर।” ती दिनहरूमा येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो र रातीचाहिँ सहरबाट निस्केर जैतुन भन्ने डाँडामा बास बस्न जानुहुन्थ्यो। सबै मानिसहरू बिहानै उहाँको शिक्षा सुन्न मन्दिरमा आउँथे।