YouVersion लोगो
खोज आइकन

लूका 2:6-11

लूका 2:6-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनीहरू त्‍यहाँ भएकै बेला मरियमको बालक जन्‍माउने बेला आयो। तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन। त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्‍नो बगालको रखवाली गर्थे। प्रभुका एक जना स्‍वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्‍क्‍यो, अनि तिनीहरू साह्रै डराए। तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:6-11 नेपाली समकालीन संस्करण (NCV)

तिनीहरू त्यहाँ रहेकै बेला, बालक जन्मने बेला भयो, र तिनले आफ्नो जेठो छोरो जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति त्यहाँ पौवामा ठाउँ थिएन। अनि त्यहाँ नजिकैको चउरमा राती आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ देखा परे, अनि प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाविदको शहर बेथलेहेममा तिमीहरूका निम्ति एकजना मुक्‍तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:6-11 पवित्र बाइबल (NERV)

यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो। अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन। त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए। परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए। तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ। किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:6-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरू बेथलेहेममा हुँदा नै मरियमको सुत्‍केरी हुने बेला भयो र तिनले आफ्‍नो जेठो छोरा जन्‍माइन् र थाङ्नाले बेरेर गोठमा रहेको डुँडमा सुताइन् किनभने उनीहरूले पाटी-पौवामा बस्‍न कहीँ पनि ठाउँ पाएनन्। बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए। प्रभुका स्‍वर्गदूत तिनीहरूको सामुन्‍ने देखा परे र प्रभु परमेश्‍वरको उज्‍यालो तिनीहरूको चारैतिर चम्‍कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्‍न लागे। तर स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! किनभने म सबै मानिसहरूलाई आनन्‍द दिने सुसमाचार लिएर तिमीहरूको सामुन्‍ने आएको छु। सुन, दाऊद जन्‍मिएको सहरमा आज मुक्ति दिनुहुने राजा ख्रीष्‍ट जन्‍मिनुभएको छ। उहाँ नै प्रभु हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्