लूका 2:14-20
लूका 2:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!” जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।” तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के।
लूका 2:14-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।” जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्नुभएको छ।” त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए। जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्चर्यचकित भए। तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्। सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।
लूका 2:14-20 पवित्र बाइबल (NERV)
“स्वर्गमा परमेश्वरलाई महिमा, अनि जति मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ, तिनीहरूमा शान्ति रहोस्।” ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।” तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अनि बालक डूँडमा सुतिरहेको थियो। गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए। गोठालाहरूको कुरा सुनेर सबै छक्क परे। मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्। गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घट्नाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेंडा़हरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।
लूका 2:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“सबैभन्दा माथि स्वर्गमा बास गर्नुहुने परमेश्वरको जयजयकार होस्, अनि पृथ्वीमा जुन मानिसहरूसँग उहाँ खुसी हुनुहुन्छ, तिनीहरूलाई शान्ति भइरहोस्।” स्वर्गदूतहरू स्वर्गतिर फर्केपछि गोठालाहरूले आपसमा भने, “लौ, प्रभु परमेश्वरले हामीलाई भन्नुभएको कुरा बेथलेहेममा हेर्न जाऔं” र तिनीहरू दगुरेर गए। त्यहाँ तिनीहरूले मरियम, योसेफ र डुँडमा सुताइराखेको बालकलाई देखे। गोठालाहरूले बालकको बारेमा स्वर्गदूतले भनेका कुरा सबैलाई सुनाइदिए। यी कुराहरू सुन्ने जति सबै छक्क परे। तर मरियमले चाहिँ यी सबै कुरा गहिरोसँग विचार गरेर मनैमा राखिन्। भेडा गोठालाहरूले स्वर्गदूतले भनेजस्तै सुन्न र देख्न पाएकोले परमेश्वरको महिमा र प्रशंसा गर्दै फर्केर गए।