लूका 2:13-15
लूका 2:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!” जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।”
लूका 2:13-15 नेपाली समकालीन संस्करण (NCV)
तब एक्कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्यो, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा उहाँको प्रसन्नता पाएका मानिसहरूलाई शान्ति।” अनि स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गइसकेपछि ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔं, र घटेको यो घटना हेरौं, जसको विषयमा प्रभुले हामीलाई भन्नुभएको छ।”
लूका 2:13-15 पवित्र बाइबल (NERV)
त्यसपछि अचानक अनगन्ति स्वर्गिय दूतहरू पहिलो दूतसँग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए, “स्वर्गमा परमेश्वरलाई महिमा, अनि जति मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ, तिनीहरूमा शान्ति रहोस्।” ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।”
लूका 2:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यति नै खेर अरू धेरै स्वर्गदूतहरू त्यहाँ देखा परे अनि परमेश्वरको प्रशंसा गर्दै यस्तो गीत गाउन लागे, “सबैभन्दा माथि स्वर्गमा बास गर्नुहुने परमेश्वरको जयजयकार होस्, अनि पृथ्वीमा जुन मानिसहरूसँग उहाँ खुसी हुनुहुन्छ, तिनीहरूलाई शान्ति भइरहोस्।” स्वर्गदूतहरू स्वर्गतिर फर्केपछि गोठालाहरूले आपसमा भने, “लौ, प्रभु परमेश्वरले हामीलाई भन्नुभएको कुरा बेथलेहेममा हेर्न जाऔं” र