लूका 16:10-11
लूका 16:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ। यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला?
लूका 16:10-11 नेपाली समकालीन संस्करण (NCV)
“जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ, अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ। त्यसैले यदि तिमीहरू सांसारिक धन चलाउने काममा इमानदार भएनौ भने तिमीहरूलाई साँचो धनको निम्ति कसले भरोसा गर्ला?
लूका 16:10-11 पवित्र बाइबल (NERV)
यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरूमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ। यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँच्चो सम्पत्तिको लागि विश्वास गरिन्छ
लूका 16:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले फेरि भन्नुभयो, “सानो कुरामा भरपर्दो मानिसचाहिँ ठूलो कुरामा पनि भरपर्दो हुन्छ। त्यस्तै सानो कुरामा बेइमान हुने मानिस ठूलो कुरामा पनि बेइमान नै हुन्छ। संसारको धनको कारोबारमा विश्वास गर्न नसकिनेलाई सत्यको धनको निम्ति कसरी विश्वास गर्न सकिन्छ र?