लूका 15:3-6
लूका 15:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “तिमीहरूमध्ये कुन मानिस होला, जसको एक सय भेड़ामध्ये एउटा हराउँदा उनान्सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्जेल त्यसको खोजी गर्दैन? हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ, र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्छ, ‘मसँग रमाओ, किनभने मैले आफ्नो हराएको भेड़ा पाएको छु।’
लूका 15:3-6 नेपाली समकालीन संस्करण (NCV)
तब येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “मानौं तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् अनि तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र? अनि हराएको भेडा भेट्टाएपछि उसले रमाउँदै त्यसलाई आफ्नो काँधमा बोक्छ र घर जान्छ। त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ, मैले मेरो हराएको भेडा भेट्टाएको छु।’
लूका 15:3-6 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “तिमीहरूमध्ये कसैको सय वटा भेंडा़हरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडा़लाई छोडेर हराएको एउटा भेंडा़ खोज्न जान्छ। त्यो भेंडा़ जब सम्म पाउदैन ऊ खोजी रहने छ। अनि जब उसले हराएको भेंडा़ पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेंडा़लाई आफ्नो काँधमा बोकेर ल्याउनेछ। जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, ‘म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेंडा़ पाएको छु।’
लूका 15:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले तिनीहरूलाई एउटा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “तिमीहरूमध्ये कसैको सय वटा भेडा होला। अब यी सय वटामा एउटाचाहिँ हरायो भने भेडाको धनीले के गर्ला? उसले उनान्सय वटालाई चरनमै छोडेर हराएको भेडालाई नभेटुञ्जेलसम्म खोजिरहँदैन र? भेटेपछि ऊ एकदम खुसी हुँदै त्यसलाई आफ्नो काँधमा बोकेर घर ल्याउँछ अनि आफ्ना साथी र छरछिमेकीहरूलाई बोलाएर भन्छ, ‘मेरो हराएको भेडा मैले पाएँ! आओ, हामी खुसी मनाऔं।’