लूका 15:17-19
लूका 15:17-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु। म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।”
लूका 15:17-19 नेपाली समकालीन संस्करण (NCV)
“त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादार सेवकहरूसँग अघाएर उबार्नेसमेत भोजन हुन्छ, तर म यहाँ भोकले मर्दैछु! म उठेर मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्नेछु: पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरो भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादार सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्।’
लूका 15:17-19 पवित्र बाइबल (NERV)
“तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु। म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’
लूका 15:17-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“त्यतिखेर पो बल्ल उसको चेत खुल्यो र उसले भन्यो, ‘मेरा बुबाकहाँ नोकरहरूले पेटभरि खाएर उबार्छन् पनि। मचाहिँ यहाँ भोक-भोकै मर्न लागिरहेको छु। अब म बुबाकहाँ गएर भन्छु– बुबा, मैले परमेश्वर र तपाईंको विरोधमा पाप गरें। अब त मलाई तपाईंको छोरा भन्न पनि सुहाउँदैन। तर मलाई दया गरी एक जना नोकरजस्तै सम्झेर राख्नुहोस्।’