लूका 15:14-20
लूका 15:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो। त्यो गयो, र त्यस देशको एक जना नागरिककहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो। सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथियो। “जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु। म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।” तब त्यो उठेर आफ्ना बाबुकहाँ गयो। “तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे।
लूका 15:14-20 नेपाली समकालीन संस्करण (NCV)
त्यसले सबै खर्च गरिसकेपछि त्यो सारा देशभरि ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुनथाल्यो। यसकारण त्यो गएर त्यस देशका एकजना नागरिककहाँ काम माग्यो, जसले त्यसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो। अनि त्यसले सुँगुरहरूले खाने ती चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो। “त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादार सेवकहरूसँग अघाएर उबार्नेसमेत भोजन हुन्छ, तर म यहाँ भोकले मर्दैछु! म उठेर मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्नेछु: पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरो भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादार सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्।’ अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर त्यो अझै पनि धेरै टाढामै छँदा त्यसका बुबाले त्यसलाई देखेर तिनी त्यसप्रति दयाले भरिए; तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हाली त्यसलाई चुम्बन गरे।
लूका 15:14-20 पवित्र बाइबल (NERV)
आफूसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो। अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सुँगुरहरू हेर्न पठायो। त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन। “तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु। म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’ यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो।
लूका 15:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सबै धन-सम्पत्ति सकेकै बेलामा त्यस देशमा ठूलो अनिकाल पर्यो र उसले धेरै दु:ख पायो अनि ऊ त्यस देशको एक जना मानिसकहाँ काम गर्न भनेर गयो। त्यस मानिसले उसलाई सुँगुर चराउने काममा लगाए। उसले सुँगुरको चारो खाएर भए पनि पेट भर्न चाहन्थ्यो। तर कसैले पनि उसलाई खानेकुरा दिएन। “त्यतिखेर पो बल्ल उसको चेत खुल्यो र उसले भन्यो, ‘मेरा बुबाकहाँ नोकरहरूले पेटभरि खाएर उबार्छन् पनि। मचाहिँ यहाँ भोक-भोकै मर्न लागिरहेको छु। अब म बुबाकहाँ गएर भन्छु– बुबा, मैले परमेश्वर र तपाईंको विरोधमा पाप गरें। अब त मलाई तपाईंको छोरा भन्न पनि सुहाउँदैन। तर मलाई दया गरी एक जना नोकरजस्तै सम्झेर राख्नुहोस्।’ त्यसपछि ऊ उठेर बुबाकहाँ फर्क्यो। “बुबाले उसलाई टाढैबाट आइरहेको देखे। उनको हृदय मायाले भरिएर आयो र उनी छोरालाई भेट्न दगुरे र खुसी हुँदै छोरालाई अँगालो हालेर म्वाइँ खाए।