लूका 14:27-30
लूका 14:27-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र? नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, ‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’
लूका 14:27-30 नेपाली समकालीन संस्करण (NCV)
अनि जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। “मानौं तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने, के उसले पहिले नै बसेर त्यो बनाइ सिद्ध्याउने पर्याप्त खर्च आफूसित छ कि छैन भनी हिसाब गर्दैन र? किनकि यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने, त्यो देख्ने हरेकले त्यसको गिल्ला गर्नेछन्; अनि भन्नेछन्, ‘यस मानिसले बनाउन सुरु ता गर्यो, तर पूरा गर्न सकेन।’
लूका 14:27-30 पवित्र बाइबल (NERV)
यदि कसैले आफ्नो क्रूस (समस्या) नउठाई मलाई पछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। “यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ। यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्। तिनीहरूले भन्ने छन्, ‘यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’
लूका 14:27-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्नेचाहिँ मेरो चेला हुन सक्दैन। “यदि कसैले धरहरा बनाउन चाहन्छ भने पैसाले पुग्छ कि पुग्दैन, कति खर्च लाग्छ, सबै हिसाब पहिले नै गर्नुपर्छ, होइन र? यदि उसले धरहराको जग बसालेर पूरा गर्न सकेन भने मानिसहरूले उसलाई गिल्ला गर्दै भन्नेछन्, ‘यो मान्छेले बनाउन त थाल्यो, तर पूरा गर्नै सकेन!’