लूका 14:12-24
लूका 14:12-24 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यू-भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरूले पनि तिमीहरूलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ। यसको सट्टामा, जब कुनै त्यस्तो भोज गर्छौ, ती गरीब, कुँजो, लङ्गडा र अन्धाहरूलाई बोलाऊ। त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।” येशूसँग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।” येशूले त्यस मानिसलाई भन्नुभयो, “कुनै एउटा मानिसले विशाल भोजको व्यवस्था गरेको थियो। त्यसले धेरै मानिसहरूलाई बोलाएको थियो। जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, ‘आउनुहोस् प्रत्येक चीज तयारी छ।’ तर सबै पाहुनाहरूले भने कि तिनीहरू जान असमर्थ थिए। प्रत्येकले एक एक वहना बनाए। पहिलो मानिसले भन्यो, ‘मैले भर्खरै एउटा खेत किनेकोछु, यसर्थ यसलाई हेर्ने म जानै पर्छ। दया गरी माफ गर्नुहोस्।’ अर्को मानिसले भन्यो, ‘मैले भर्खरै पाँच जोर गोरू किनेकोछु, त्यसले गर्दा म तिनीहरूलाई काम सिकाउन जानु पर्दछ। मलाई दया गरी माफ गर्नुहोस्।’ तेस्रो मानिसले भन्यो, ‘मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ।’ “त्यसपछि त्यो नोकर फर्कियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, ‘चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।’ “तब त्यस नोकरले मालिकलाई भन्यो, ‘मालिक तपाईंले जे भन्नु भएको थियो, त्यो मैले गरे, तर अझै अरू मानिसहरूलाई बसाउने ठाउँ छ।’ मालिकले नोकरलाई भने, ‘मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु, मेरो निम्तो पाउनेहरू मध्ये कसैले पनि मसँग भोज खान पाउने छैन।’”
लूका 14:12-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइलाई वा तिम्रा कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ, र तिमीले आशिष् पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।” उहाँसँग खान बस्नेहरूमध्ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्यो, “त्यो धन्य हो, जसले परमेश्वरको राज्यमा भोज खानेछ!” तर उहाँले त्यसलाई भन्नुभयो, “कुनै एक जना मानिसले बेलुकीको एउटा विराट् भोज तयार गर्यो, र धेरैलाई निम्तो दियो। उसले आफ्नो नोकरलाई भोजन खाने बेलामा निम्ताराहरूलाई यसो भन्न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’ “तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानुपरेको छ। म बिन्ती गर्दछु, मलाई माफी होस्।’ “अनि अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्छु। म बिन्ती गर्दछु, मलाई माफी होस्।’ “अर्कोले भन्यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्दिनँ।’ “तब नोकरले आएर आफ्नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्नो नोकरलाई भन्यो, ‘सहरका सड़कहरू र गल्लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’ “तब नोकरले भन्यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’ “मालिकले नोकरलाई भन्यो, ‘मूल सड़कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्। किनभने म तिमीहरूलाई भन्दछु, निम्ताराहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैन’।”
लूका 14:12-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले आफूलाई निम्त्याउने अगुवालाई भन्नुभयो, “भोज लाउँदा तिमीले खालि आफन्त, दाजुभाइ, इष्टमित्र अनि धनी छरछिमेकीहरूलाई मात्र ननिम्त्याऊ। तिनीहरूले पैंचो तिर्न तिमीलाई पनि बोलाइहाल्छन्। बरु भोज लाउँदा गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई निम्त्याऊ। तब तिमी धन्य हुनेछौ किनभने तिमीलाई पैंचो तिर्ने तिनीहरूसँग केही पनि हुँदैन। तर परमेश्वरको आज्ञा सामु ठीक हुने मानिसहरू मरेकोबाट बिउँतदा परमेश्वरले नै तिमीलाई इनाम दिनुहुनेछ।” येशूको कुरा सुनेर उहाँसँगै खान बस्ने एक जनाले भने, “परमेश्वरको राज्यमा भोज खान पाउनेहरू कति धन्य हुन्छन्।” येशूले तिनलाई दृष्टान्त दिँदै यसरी जवाफ दिनुभयो, “कुनै एक जना मानिसले ठूलो भोजको तयारी गरेर धेरै मानिसहरूलाई निम्तो दिए। भोज खाने बेला भएपछि उनले आफ्ना निम्तालुहरूलाई ‘खाने बेला भयो’ भनेर डाक्न आफ्ना नोकरहरू पठाए। तर ती निम्तालुहरूले एक-एक वटा बहाना गरेर आउन मानेनन्। एउटाले भन्यो, ‘मैले खेत किनेको छु, त्यो हेर्न जानुछ। मलाई माफ गर्नुहोस्, म आउन सक्दिनँ।’ अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र आजै तिनीहरूको काम जाँची हेर्न जाँदै छु। मलाई माफ गर्नुहोस्।’ तेस्रोले भन्यो, ‘मैले भर्खरै मात्र विवाह गरेको छु। त्यसकारण म आउन सक्दिनँ।’ नोकरले फर्केर सबै कुरा मालिकलाई सुनायो। रिसले झोकिएर मालिकले भने, ‘झट्टै सहरका बाटो-घाटो र गल्लीहरूमा जाऊ। त्यहाँबाट गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई बोलाएर यहाँ ल्याऊ।’ “यति गरेपछि नोकरले मालिकलाई भन्यो, ‘हजुर, तपाईंले भन्नुभएका सबैलाई मैले बोलाएर ल्याएँ। तैपनि अझै ठाउँ त खाली छ।’ फेरि मालिकले भने, ‘शहरको मूलबाटो र गल्ली हुँदो गएर मानिसहरूलाई कर लाउँदै लिएर आऊ र मेरो घर भरिओस्! “पहिले निम्त्याइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्’।”

लूका 14:12-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्तिलाई भन्नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, दाजुभाइ, आफन्तहरू, वा आफ्ना धनी छिमेकीलाई निम्तो नदेऊ। यदि त्यसो गर्यौ भने तिनीहरूले पनि त्यसको साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्टिविहीनहरूलाई निम्तो देऊ, अनि तिमीले आशिष् पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरूको पुनरुत्थान हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।” टेबुलमा उहाँसँग हुनेहरूमध्ये एक जनाले यी कुराहरू सुनेर येशूलाई भन्यो, “त्यो मानिस धन्य हो, जसले परमेश्वरको राज्यमा भोज खानेछ।” येशूले जवाफ दिनुभयो: “कुनै एक मानिसले एउटा ठूलो भोज लगाउने तयारी गर्दैथिए, र धेरै पाहुनाहरूलाई निम्तो दिए। भोजको समय हुँदा उनले आफ्नो सेवकलाई निम्तो दिइएकाहरूलाई यसो भन्न पठाए, ‘आउनुहोस्, अब सबै थोक तयार भइसक्यो।’ “तर तिनीहरू सबैले समान रूपले एउटा-एउटा बहाना बनाउन लागे। पहिलोले भन्यो, ‘मैले भर्खरै एउटा जमिन किनेको छु, र म त्यो हेर्न जानुपर्छ; कृपया मलाई माफ गर्नुहोस्।’ “अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरु किनेको छु, म तिनीहरूलाई जाँच गर्न जाँदैछु; बिन्ती गर्दछु, मलाई माफ गर्नुहोस्!’ “अझै अर्कोले भन्यो, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसकारण म आउन सक्दिनँ।’ “सेवक फर्केर आयो र मालिकलाई यसको खबर दियो। तब घरका मालिक रिसाए, र आफ्नो सेवकलाई आज्ञा दिए, ‘झट्टै बाहिर सहरका सडक र गल्लीहरूमा जाऊ। अनि गरिब, कुँजा, दृष्टिविहीन र लुला-लङ्गडाहरूलाई यहाँ भित्र ल्याऊ।’ “त्यो सेवकले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएबमोजिम काम भयो, तर धेरैका लागि ठाउँ अझै खाली छ।’ “त्यसपछि मालिकले सेवकलाई भने, ‘मूल सडक र गाउँतिर जाने गल्लीहरूमा जाऊ। अनि मानिसहरूलाई भित्र आउन कर गर, ताकि मेरो घर भरियोस्। म तिमीहरूलाई भन्दछु, मैले पहिले निम्ताइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्।’ ”