लूका 13:18-21
लूका 13:18-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? त्यसको तुलना म केसँग गरूँ? त्यो रायोको बीउको एउटा दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो, र त्यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड़ बनाए।” फेरि उहाँले भन्नुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ? त्यो खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलो पीठोमा मिसाई, र पूरै पीठो खमिरी भइहाल्यो।”
लूका 13:18-21 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ? यो त रायोको एउटा बीउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, अनि आकाशका चराचुरुङ्गीहरूले यसका हाँगाहरूमा गुँड लगाए।” अनि उहाँले फेरि सोध्नुभयो, “परमेश्वरको राज्यलाई म केसित तुलना गरूँ? यो त त्यो खमीरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करीब सत्ताईस किलो जति पीठोमा मिसाई अनि सम्पूर्ण पीठो छिचलुन्जेल राखी।”
लूका 13:18-21 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ? परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।” येशूले फेरि भन्नु भयो, “म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ? त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठूलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ।”
लूका 13:18-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले अझै भन्दैजानुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ? परमेश्वरको राज्य कस्तो हुन्छ भने कुनै मानिसले बारीमा रायो छर्यो भने त्यो उम्रेर बढ्छ र ठूलो भएर त्यसको हाँगा-बिंगामा चरा-चुरुङ्गीले गुँड लाउँछन्।” येशूले फेरि भन्नुभयो, “परमेश्वरको राज्यलाई फेरि म केसँग तुलना गरूँ? यो त खमिर हालेको रोटीजस्तो हो। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन डालो पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!”