लूका 12:8-12
लूका 12:8-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म तिमीहरूलाई भन्दछु, हरेक जसले मलाई मानिसहरूका सामुन्ने स्वीकार गर्दछ, त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामुन्ने स्वीकार गर्नेछ। तर जसले मलाई मानिसहरूका सामुन्ने अस्वीकार गर्दछ, परमेश्वरका दूतहरूका सामुन्ने त्यो पनि अस्वीकृत हुनेछ। हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्छ, त्यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा हुनेछैन। “जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्नुपर्ने, सो फिक्री नगर, किनभने त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो पवित्र आत्माले तिमीहरूलाई सिकाउनुहुनेछ।”
लूका 12:8-12 नेपाली समकालीन संस्करण (NCV)
“म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामुन्ने स्वीकार गर्दछ, ती हरेकलाई मानिसका पुत्रले पनि परमेश्वरका दूतहरूका सामुन्ने स्वीकार गर्नेछन्। तर जसले मलाई मानिसहरूका सामुन्ने अस्वीकार गर्नेछ, परमेश्वरका दूतहरूको सामुन्ने त्यसलाई पनि अस्वीकार गरिनेछ। अनि मानिसका पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यो त्यसलाई क्षमा हुनेछैन। “जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अघि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउ गर्ने अथवा तिमीहरूले के बोल्ने भन्ने विषयमा फिक्री नगर; किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यसै बेला सिकाउनुहुनेछ।”
लूका 12:8-12 पवित्र बाइबल (NERV)
“म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो। तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु। “यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन। “जब मानिसहरूले तिमीहरूलाई सभा घरहरूमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ। त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्नु पर्ने कुराहरू सिकाउनु हुनेछ।”
लूका 12:8-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“म तिमीहरूलाई भन्छु, जसले मलाई मानिसको सामुन्ने मेरो प्रभु भनेर स्वीकार गर्छ, त्यसलाई म मानव पुत्रले पनि स्वर्गदूतको सामुन्ने आफ्नो हो भनी स्वीकार गर्नेछु। तर जसले मलाई मानिसको सामुन्ने चिन्दिनँ भन्छ, त्यसलाई म पनि परमेश्वरको स्वर्गदूतहरूको सामुन्ने चिन्दिनँ भन्नेछु। म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ कहिल्यै पनि माफ गरिनेछैन। “मानिसहरूले तिमीहरूलाई पक्रेर सभाघरका नेताहरू र सरकारी हाकिम या न्यायाधीशहरूकहाँ लैजानेछन्। त्यस बेला के भन्ने हो भनी फिक्री नगर। पवित्र आत्माले तिमीहरूलाई त्यस बेला नै भन्नुपर्ने कुरा सिकाउनुहुनेछ।”