YouVersion लोगो
खोज आइकन

लूका 12:35-40

लूका 12:35-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तिमीहरूका आफ्‍ना कम्‍मर कस र तिमीहरूका बत्ती बालिराख। तिमीहरू ती मानिसहरू जस्‍ता होओ, जसले आफ्‍ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्‍याउँदा तिनको निम्‍ति झट्टै ढोका खोलिदिन्‍छन्‌। ती नोकरहरू धन्‍यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्‌। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले आफ्‍नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्‌। यदि तिनी मध्‍यरात वा त्‍यसभन्‍दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्‍यका हुन्‌। तर यो जान, कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्‍नेथिए, र चोरलाई घर फोरेर पस्‍न दिनेथिएनन्‌। तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:35-40 नेपाली समकालीन संस्करण (NCV)

“सेवाको निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख, अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्कि आएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्। यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्‍नेछन्, तिनीहरूलाई खानको निम्ति टेबुलमा ढल्कन लगाउनेछन्, र आएर तिनीहरूका सेवा गर्नेछन्। यदि मालिक मध्यरात अथवा बिहानै आउँदा जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ। तर यो बुझिराख: घरका मालिकलाई चोर कति बेला आउँछ भन्‍ने थाहा भएको भए तिनले आफ्नो घर फोरिन दिने थिएनन्। तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछन्।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:35-40 पवित्र बाइबल (NERV)

“तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्। त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ। धन्य हुन् ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँच्चो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाउँछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ। तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई पर्खिरहेका पाउनेछन्। “यो कुरा सम्झी राखः घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन। यसर्थ, तिमीहरू पनि सर्तक हौ! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:35-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि येशूले भन्‍नुभयो, “आफ्‍नो कम्‍मर कसेर तयार भई बस र बत्तीहरू बालिराख। तिमीहरू विवाहको भोजबाट फर्कने मालिकको बाटो हेरिरहने नोकरहरूजस्‍ता होओ। मालिक आएर ढोका ढकढक्‍याउँने बित्तिकै उनीहरूले ढोका खोलिदिन्‍छन्। मालिक आउँदा जागै बसिरहेका ती नोकरहरूले स्‍याबासी पाउनेछन् र तिनीहरू खुसी हुनेछन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, त्‍यस मालिकले पाहुनालाई जस्‍तै मेजमान गर्न तयार हुनेछन् र ती नोकरहरूलाई आरामसँग बसाएर खुवाउनेछन्। तर यदि मालिक ढीलो गरेर आधारातमा या बिहानतिर आउँदा पनि आफ्‍ना नोकरहरूलाई जागै बसिरहेका देखे भने तिनले झन् धेरै स्‍याबासी दिनेछन् र तिनीहरू झन् खुसी हुनेछन्। “तर यो सम्‍झिराख, यदि चोर आउने समय थाहा पाएको भए त घर धनीले चोरलाई घरमा पस्‍नै दिने थिएनन्। त्‍यस्‍तै तिमीहरू पनि चनाखो भएर बस। म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा नै आउनेछु।”

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्