लूका 12:33-34
लूका 12:33-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूको सम्पत्ति बेचेर दान देओ। आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ। स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर। त्यहाँ चोर आउँदैन र कीरा पनि लाग्दैन। किनकि जहाँ तिम्रो धन छ, त्यहीँ तिम्रो मन पनि हुनेछ।
लूका 12:33-34 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्नो निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धन तयार पार, जहाँ चोर आउँदैन र कीराले पनि नाश गर्दैन। किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहीं तिमीहरूको मन पनि हुनेछ।
लूका 12:33-34 पवित्र बाइबल (NERV)
आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भँण्डार हासिल गर। त्यो भण्डार सधैँका लागी रहन्छ। स्वर्गमा तिम्रो भँण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ। तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।
लूका 12:33-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले आफ्नो सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्नो लागि सधैँ रहने भण्डार बनाओ र कहिल्यै नसकिने धन स्वर्गमा जम्मा गर। त्यहाँ त चोर पनि लाग्दैन, किराले पनि खाँदैन किनकि जहाँ तिमीहरूको धन छ, त्यहीँ नै तिमीहरूको मन पनि रहनेछ।”