YouVersion लोगो
खोज आइकन

लूका 12:1-34

लूका 12:1-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसै बीच जब हजारौँको भीड जम्‍मा भयो, यहाँसम्‍म कि एउटाले अर्कालाई कुल्‍चन लाग्‍यो, उहाँले पहिले आफ्‍ना चेलाहरूलाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू फरिसीहरूको खमिरदेखि होशियार बस। त्‍यो खमिर तिनीहरूको कपट आचरण हो। छोपिएको यस्‍तो कुनै कुरा छैन, जो प्रकट हुनेछैन, र छिपेको कुनै कुरा छैन, जो थाहा लाग्‍नेछैन। यसकारण जे तिमीहरूले अँध्‍यारोमा भनेका छौ, त्‍यो उज्‍यालोमा सुनिनेछ। गुप्‍त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ। “मेरा मित्र हो, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन्, तर त्‍यसपछि अरू केही गर्न सक्‍दैनन्‌। तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्‍दछु, तिनीदेखि नै डराओ। के दुई पैसामा पाँच वटा भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन्‌। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ़ी मोलका छौ। “म तिमीहरूलाई भन्‍दछु, हरेक जसले मलाई मानिसहरूका सामुन्‍ने स्‍वीकार गर्दछ, त्‍यसलाई मानिसको पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछ। तर जसले मलाई मानिसहरूका सामुन्‍ने अस्‍वीकार गर्दछ, परमेश्‍वरका दूतहरूका सामुन्‍ने त्‍यो पनि अस्‍वीकृत हुनेछ। हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्‍छ, त्‍यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्‍माको विरुद्धमा निन्‍दा गर्दछ, त्‍यसलाई क्षमा हुनेछैन। “जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्‍याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्‍नुपर्ने, सो फिक्री नगर, किनभने त्‍यसै बेला तिमीहरूले के भन्‍नुपर्ने हो पवित्र आत्‍माले तिमीहरूलाई सिकाउनुहुनेछ।” भीड़बाट एक जनाले उहाँलाई भन्‍यो, “गुरु, मेरा दाज्‍यूलाई भनिदिनुहोस्, र तिनले अंशबन्‍डा गरिदेऊन्‌।” तर उहाँले त्‍यसलाई भन्‍नुभयो, “मित्र, कसले मलाई तिमीहरूमाथि न्‍याय गर्ने अथवा तिमीहरूको सम्‍पत्ति बाँड़िदिने तुल्‍यायो?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्‍दगी उसको धन-सम्‍पत्तिको प्रशस्‍ततामा रहँदैन।” उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो। त्‍यसले मनमनै गुन्‍न लाग्‍यो, ‘मेरो अन्‍न राख्‍ने ठाउँ मसित छैन, अब म के गरूँ?’ तब त्‍यसले भन्‍यो, ‘म यसो गर्नेछु— आफ्‍ना ढुकुटीहरू भत्‍काएर झन्‌ ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्‍यहीँ राख्‍नेछु। अनि म आफ्‍नो प्राणलाई भन्‍नेछु, “ए प्राण, धेरै वर्षसम्‍म पुग्‍ने प्रशस्‍त सम्‍पत्ति तेरो निम्‍ति थुप्रिएको छ। सुख-चैनमा बस्‌। खा, पि, र मोज गर्‌’।” “तर परमेश्‍वरले त्‍यसलाई भन्‍नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्‍नो निम्‍ति थुपारेको छस्, ती कसको हुने?’ “आफ्‍नो निम्‍ति धन-सम्‍पत्ति थुपार्ने, तर परमेश्‍वरको दृष्‍टिमा धनी नहुने मान्‍छेको अवस्‍था यस्‍तै हुन्‍छ।” उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो प्राणको निम्‍ति के खाऔं र शरीरको निम्‍ति के पहिरौं भनी चिन्‍तित नहोओ। किनकि प्राण भोजनभन्‍दा र शरीर वस्‍त्रभन्‍दा ठूलो हो। कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्‍डार न ढुकुटी नै छ, तर पनि परमेश्‍वरले तिनलाई खुवाउनुहुन्‍छ। तिमीहरू चराचुरुङ्गीभन्‍दा ज्‍यादै बढ़ी मोलका छौ! तिमीहरूमध्‍ये कसले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ीसम्‍म पनि थप्‍न सक्‍छ? यसकारण तिमीहरू त्‍यतिको सानो काम पनि गर्न सक्‍दैनौ भने, अरू कुराको चिन्‍ता किन गर्दछौ? “लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन्‌ न कात्छन्, तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍नो सारा गौरवमा यीमध्‍ये एउटा जतिको पनि विभूषित थिएनन्‌। तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्‍वरले यसरी आभूषित गर्नुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, उहाँले तिमीहरूलाई झन्‌ कति बढ़ी आभूषित गर्नुहुनेछ। के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्‍तित पनि नहोओ। किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्‍छन्‌। तिमीहरूका पिताले जान्‍नुहुन्‍छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ। तर परमेश्‍वरका राज्‍यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्‌। “सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्‍य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुहुन्‍छ। तिमीहरूको सम्‍पत्ति बेचेर दान देओ। आफ्‍नो निम्‍ति थोत्रो नहुने थैलीहरू बनाओ। स्‍वर्गमा कहिल्‍यै नष्‍ट नहुने धन स्‍वर्गमा सञ्‍चय गर। त्‍यहाँ चोर आउँदैन र कीरा पनि लाग्‍दैन। किनकि जहाँ तिम्रो धन छ, त्‍यहीँ तिम्रो मन पनि हुनेछ।

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:1-34 पवित्र बाइबल (NERV)

हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यति विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस। प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्न दिइनेछ। ती वचनहरू जो तिमीले अन्धकारमा भनेकाछौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।” त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैनन्। तर कोसँग डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसँग डराउनु पर्छ जोसित मारे पछि नरकमा फ्याँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ। “पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन। हो, तिमीहरूको शिरमा कति केश छन् त्यो पनि परमेश्वरलाई थाहा छ। यसकारण नडराऊ। ती चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् छौ। “म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो। तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु। “यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन। “जब मानिसहरूले तिमीहरूलाई सभा घरहरूमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ। त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्नु पर्ने कुराहरू सिकाउनु हुनेछ।” भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरुज्यू, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसँग अंश-बण्डा गर्नलाई मेरो दाज्यूलाई भनिदिनु होस्।” तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?” फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ, तर त्यले उसलाई जीवन दिन सक्तैन।” अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो। त्यो मानिस आफैं सोच्दथ्यो, ‘मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’ “तब त्यस धनी मानसले भन्यो, ‘म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछु र त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु। तब म आफैंलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै वर्षको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’ “तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, ‘तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?’ “यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरू धनि होइनन्।” येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ? खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ। तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ? यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ? “जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन। परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ। “त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ। “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ। आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भँण्डार हासिल गर। त्यो भण्डार सधैँका लागी रहन्छ। स्वर्गमा तिम्रो भँण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ। तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:1-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो। अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्‍तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन। तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ। “मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ। तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ। के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्‍वरद्वारा बिर्सिइएको हुँदैन। वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ। “म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामु स्वीकार गर्नेछ। तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्‍वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ। मानिसको पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा गरिनेछैन। “जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्‍ने विषयमा फिक्री नगर; किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यही बेला नै सिकाउनुहुनेछ।” भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।” येशूले जवाफ दिनुभयो, “ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?” त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।” त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो। त्यसले आफ्नो मनमा गुन्‍न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्‍न राख्ने मसँग ठाउँ नै छैन।’ “त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्‍न र मालसामान त्यहाँ राख्नेछु; अनि म आफैँलाई भन्‍नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’ “तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्‍त गर्ला?’ “आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्‍वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो। कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ! तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र? त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ? “लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्‍वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला! के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ। किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ। तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुभएको छ। तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन। किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।

शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्

लूका 12:1-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हजारौँ मानिसहरू जम्‍मा भएकोले घुइँचो भएर मिचामिच नै होलाजस्‍तो लागिरहेको थियो। त्‍यस बेला येशूले पहिले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू फरिसीहरूको रोटीको खमिरदेखि जोगिएर बस! भनाइको अर्थ हो, तिनीहरूको कपटदेखि जोगिएर बस किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबै थाहा लाग्‍नेछ। तिमीहरूले अँध्‍यारोमा भनेका कुराहरू दिनको उज्‍यालोमा सुनिनेछन्। कोठाभित्र कानेखुसी गरेका कुरा घरको धुरीबाट जोडले प्रचार गरिनेछन्।” येशूले फेरि भन्‍नुभयो, “हे मेरा मित्र हो, म तिमीहरूलाई भन्‍छु, मानिसदेखि नडराओ। तिनीहरूले त खालि तिम्रो शरीरलाई मात्रै मार्न सक्‍छन्, तिमीहरूको आत्‍मालाई त तिनीहरूले केही बिगार गर्न सक्‍दैनन्। कोदेखि डराउनुपर्ने हो भनी म तिमीहरूलाई भन्‍छु, मरेपछि नरकको दण्‍ड दिन सक्‍नुहुने परमेश्‍वरदेखि नै डराउनुपर्छ। हो, उहाँसँग डराओ! तर हेर, पाँच वटा भङ्गेरा दुई पैसामा बेचिन्‍छन्, होइन र? भङ्गेरा यति सस्‍ता भए पनि परमेश्‍वरले एउटैलाई पनि भुल्‍नुहुन्‍न। झन् तिमीहरूको त परमेश्‍वरले एक-एक केशसमेत गन्‍नुभएको छ। त्‍यसैले नडराओ, धेरै भङ्गेराहरूभन्दा त तिमीहरू अझ मूल्‍यवान् छौ। “म तिमीहरूलाई भन्‍छु, जसले मलाई मानिसको सामुन्‍ने मेरो प्रभु भनेर स्‍वीकार गर्छ, त्‍यसलाई म मानव पुत्रले पनि स्‍वर्गदूतको सामुन्‍ने आफ्‍नो हो भनी स्‍वीकार गर्नेछु। तर जसले मलाई मानिसको सामुन्‍ने चिन्‍दिनँ भन्‍छ, त्‍यसलाई म पनि परमेश्‍वरको स्‍वर्गदूतहरूको सामुन्‍ने चिन्‍दिनँ भन्‍नेछु। म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्‍मालाई निन्‍दा गर्ने पापचाहिँ कहिल्‍यै पनि माफ गरिनेछैन। “मानिसहरूले तिमीहरूलाई पक्रेर सभाघरका नेताहरू र सरकारी हाकिम या न्‍यायाधीशहरूकहाँ लैजानेछन्। त्‍यस बेला के भन्‍ने हो भनी फिक्री नगर। पवित्र आत्‍माले तिमीहरूलाई त्‍यस बेला नै भन्‍नुपर्ने कुरा सिकाउनुहुनेछ।” घुइँचोबाटै एक जना मानिसले येशूलाई भने, “गुरुज्‍यू, ‘भाइको अंशबन्डा गरिदेओ’ भनेर मेरो दाजुलाई भनिदिनुहोस् न।” तर येशूले तिनलाई भन्‍नुभयो, “तिमी दुईको अंशबन्डा गर्न मलाई कसले खटायो।” अनि उहाँले त्‍यहाँ जम्‍मा भएका मानिसहरूलाई भन्‍नुभयो, “होश गर! सबै किसिमका लोभ-लालचबाट जोगिएर बस किनभने धन-सम्‍पत्ति जति नै प्रशस्‍त भए पनि त्‍यसले मानिसलाई साँचो जीवनचाहिँ दिँदैन।” त्‍यसपछि येशूले एउटा दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो। तिनले मनमनै विचार गरे, ‘यी सबै अन्‍न कहाँ राख्‍ने होला? ठाउँ नै छैन। के गरूँ? अब म यसो गर्छु, ससाना भण्‍डार र भकारीहरू भत्‍काएर ठूला-ठूला बनाउँछु र त्‍यहीँ नै सबै अन्‍न र चीजबीज राख्‍छु। त्‍यसपछि म आफैंलाई भन्‍नेछु, तँ कति भाग्‍यमानी छस्! तँसँग वषौं-वर्षसम्‍म पुग्‍ने सम्‍पत्ति छ, सुखसँग खा, पी र मोज-मज्‍जा गर्‌’। तर परमेश्‍वरले त्‍यसलाई भन्‍नुभयो, ‘ए मूर्ख, आजै राती तेरो प्राण जानेछ र तैँले साँचेर राखेको धन-सम्‍पत्ति कसले खाला’?” अनि येशूले यो दृष्‍टान्‍त टुङ्ग्‍याउँदै भन्‍नुभयो, “आफ्‍नो लागि धन थुपारेर राख्‍ने मानिसको गति यस्‍तै हुन्‍छ। परमेश्‍वरले यस्‍ताहरूलाई धनी सम्‍झनुहुन्‍न।” त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्‍ता नगर। खानेकुराभन्दा जीवन नै ठूलो र लुगाफाटाभन्दा शरीर नै ठूलो हो। कागहरूलाई हेर! तिनीहरूले खेती गर्दैनन्, बालीनाली काट्‍ने, थन्‍क्‍याउने पनि गर्दैनन्। तिनीहरूका भण्‍डार, भकारी पनि हुँदैन, तैपनि परमेश्‍वरले तिनीहरूलाई खुवाउँदै हुनुहुन्‍छ। तिमीहरू त ती चरा-चुरुङ्गीहरू भन्दा धेरै नै मूल्‍यवान् छौ। तिमीहरूमध्‍ये कसैले चिन्‍ता गरेर आफ्‍नो आयु थोरै समय बढाउन सक्‍छौ र? यति सानो काम पनि गर्न सक्‍दैनौ भने त अरू कुराको चिन्‍ता किन गर्छौ? जङ्गलका लहलह परेका लिली फूलहरूलाई हेर, तिनीहरू त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्‍दैनन्। तर म तिमीहरूलाई भन्‍छु, सोलोमन राजासित त्‍यत्रो धन-सम्‍पत्ति छँदाछँदै पनि उनी त ती फूलहरूजस्‍तो सजिसजाउ भएका थिएनन्। आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्‍वरले यसरी सिँगार्नुहुन्‍छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्‍न र? खै तिमीहरूको विश्‍वास? यसैकारण के खाऔं, के लाऔं भनेर चिन्‍ता नगर। परमेश्‍वरलाई नचिन्‍नेहरूले पो यस्‍तो चिन्‍ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्‍छ भनेर परमेश्‍वर पितालाई थाहा छ। पहिले परमेश्‍वरको राज्‍यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।” येशूले फेरि भन्‍नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो राज्‍य दिन खुसी हुनुभएको छ। तिमीहरूले आफ्‍नो सम्‍पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्‍नो लागि सधैँ रहने भण्‍डार बनाओ र कहिल्‍यै नसकिने धन स्‍वर्गमा जम्‍मा गर। त्‍यहाँ त चोर पनि लाग्‍दैन, किराले पनि खाँदैन किनकि जहाँ तिमीहरूको धन छ, त्‍यहीँ नै तिमीहरूको मन पनि रहनेछ।”