YouVersion लोगो
खोज आइकन

लूका 11:9-13

लूका 11:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“म तिमीहरूलाई भन्‍दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्‍याओ, त तिमीहरूका निम्‍ति खोलिनेछ। किनकि हरेक जसले माग्‍छ त्‍यसले पाउँछ, जसले खोज्‍छ त्‍यसले भेट्टाउँछ, र जसले ढकढक्‍याउँछ त्‍यसको निम्‍ति खोलिनेछ। “तिमीहरूमध्‍ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला, कि माछा माग्‍दा माछाको सट्टा सर्प देला? अथवा अण्‍डा माग्‍दा त्‍यसलाई बिच्‍छी देला? तिमीहरू दुष्‍ट भईकन आफ्‍ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्‍दछौ भने, तिमीहरूका स्‍वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्‍मा दिनुहुन्‍छ।”

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:9-13 नेपाली समकालीन संस्करण (NCV)

“त्यसकारण म तिमीहरूलाई भन्दछु: माग अनि तिमीहरूलाई त्यो दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ। “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला? अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? यदि तिमीहरू जो दुष्‍ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले कति प्रशस्त गरी पवित्र आत्मा दिनुहुनेछ!”

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्

लूका 11:9-13 पवित्र बाइबल (NERV)

फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भट्टाउँछ। अनि जसले ढक्ढकाउँछ, उसको निम्ति ढोका उघारिनेछ। तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा माँगे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी सर्प दिन्छौ अँहँ! तिमी उसलाई माछा नै दिन्छै। अथवा, तिम्रो पुत्रले अण्डा माग्यो भने, त्यसलाई के बिच्छी दिन्छौ? अँहँ! तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।”

शेयर गर्नुहोस्
लूका 11 पढ्नुहोस्