लूका 10:39-42
लूका 10:39-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। तर मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न? त्यसलाई भनिदिनोस्, र त्यसले मलाई सघाओस्।” तर येशूले जवाफ दिएर तिनलाई भन्नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छ्यौ, र व्याकुल हुन्छ्यौ। तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”
लूका 10:39-42 नेपाली समकालीन संस्करण (NCV)
तिनकी मरियम नाउँ भएकी एउटी बहिनी थिइन्, जो उहाँको वचन सुन्दै प्रभुका पाउमा बसिन्। तर मार्था सेवा-सत्कारका तयारी गर्ने धेरै काममा अल्झिएकी थिइन्। तिनी उहाँकहाँ आइन् र भनिन्, “प्रभु, के तपाईं वास्ता राख्नुहुन्न, मेरी बहिनीले सबै काममा मलाई एकलै पारेकी छिन्? मलाई सघाइदिन तिनलाई भनिदिनुहोस्!” येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ, तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन् र त्यो तिनीबाट खोसिनेछैन।”
लूका 10:39-42 पवित्र बाइबल (NERV)
मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्। मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मद्दत गरोस्।” अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ। एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”
लूका 10:39-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनकी मरियम नाम गरेकी एउटी बहिनी थिइन्। उनी प्रभु येशूको पाउनेर बसेर उहाँको शिक्षा सुन्न लागिन्। मार्थाचाहिँ सेवा-सत्कार गर्ने काममा अल्झिरहिन्। आफूले मात्र धेरै काम गर्नुपरेकोले उनले येशूकहाँ आएर भनिन्, “हे प्रभु, भएभरको सबै काम मैले नै गर्नुपर्छ। बहिनीचाहिँ केही पनि गर्दिन। के तपाईं देख्नुहुन्न? त्यसलाई आएर मलाई काम गर्न सघाउन भनिदिनुहोस्।” प्रभु येशूले तिनलाई भन्नुभयो, “ए मार्था, तिमी धेरै कुराको चिन्ता र फिक्री गर्छ्यौ। तर चाहिने कुरो एउटै छ, त्यही नै मरियमले रोजेकी छिन्। यो उनीबाट खोसिनेछैन।”