लूका 10:33-35
लूका 10:33-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो। र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाको मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
लूका 10:33-35 नेपाली समकालीन संस्करण (NCV)
तर एकजना सामरी, यात्रा गर्दै जाँदा, त्यो मानिस भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो। अनि ऊ त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्यो। भोलिपल्ट उसले चाँदीका दुईओटा सिक्का निकालेर पौवाको मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’
लूका 10:33-35 पवित्र बाइबल (NERV)
“त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो। सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे। अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’”
लूका 10:33-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक जना सामरी पनि त्यतैबाट आए। त्यस घाइते मान्छेलाई देख्दा उनको हृदय दयाले भरिएर आयो र उनी त्यसकहाँ गए। उनले त्यसको घाउमा जैतुनको तेल र अङ्गुरको मद्य लगाइदिए अनि पट्टी बाँधिदिए। त्यसपछि उनले घाइते मान्छेलाई आफ्नो गधामा चढाएर एउटा सानो पाटीमा पुर्याए अनि रातभरि आफैंले त्यसको स्याहार-सुसार गरे। भोलिपल्ट जाने बेलामा उनले पाटीको मालिकलाई चाँदीका दुई सिक्का दिँदै भने, ‘यिनको राम्ररी हेरचाहा गरिदिनोस्। यिनका लागि अरू बढी खर्च लाग्यो भने म फर्केर आउँदा तपाईंलाई दिनेछु’।”