लूका 10:18-24
लूका 10:18-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई बिजुलीजस्तै आकाशबाट बसिरहेको देखें। सुन, मैले तिमीहरूलाई सर्प र बिच्छीलाई कुल्चेर हिँड्ने शक्ति अनि शत्रुको सबै शक्तिलाई जित्ने अधिकार दिएको छु। कुनै कुराले तिमीहरूलाई नोक्सान गर्नेछैन। तापनि भूतहरू तिमीहरूको अधीनमा भएका छन् भनेर नरमाओ। बरु आफ्नो नाउँ स्वर्गमा लेखिएको छ भनेर रमाओ।” त्यति नै बेला पवित्र आत्माद्वारा आनन्दले भरिएर येशूले भन्नुभयो, “हे परमेश्वर पिता, स्वर्ग र पृथ्वीका मालिक, म तपाईंलाई धन्यवाद दिन्छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्नुभएका कुरा तपाईंले केही नजान्नेहरूलाई बुझाइदिनुभयो! हे पिता, यसै गर्ने तपाईंको इच्छा थियो! “मेरा पिताले मलाई सबै कुरा जिम्मा दिनुभएको छ। पिताले बाहेक म पुत्रलाई कसैले चिन्दैन। त्यस्तै पुत्र र उसले चिनाएका मानिसहरूले बाहेक अरू कसैले पितालाई चिन्दैनन्।” त्यसपछि येशू चेलाहरूतिर फर्केर तिनीहरूलाई सुटुक्क भन्नुभयो, “यी सबै कुरा देख्न पाउने तिमीहरू कति धन्य हौ! म तिमीहरूलाई भन्छु, धेरै अगमवक्ता र राजाहरूले तिमीहरूले देखेका यी कुराहरू देख्ने र सुन्ने ठूलो इच्छा गरेका थिए, तर देख्न र सुन्न पनि पाएनन्।”
लूका 10:18-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीझैँ खसिरहेको देखें। मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन। तापनि दुष्टात्माहरू तिमीहरूको वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाओ।” त्यही बेला येशू पवित्र आत्मामा उल्लसित हुनुभयो, र भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राखेर बालकहरूलाई प्रकट गर्नुभयो। किनकि, पिता, तपाईंलाई यही असल लाग्यो। “मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्दैन। पिता को हुनुहुन्छ भनी पुत्रले बाहेक, र पुत्रले उहाँलाई जसकहाँ प्रकट गर्ने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले जान्दैन।” चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्तमा भन्नुभयो, “धन्य हुन् ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्तछन्। किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्तछौ, ती देख्ने इच्छा गरेका थिए, तर देखेनन्, र जे तिमीहरूले सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए, तर सुनेनन्।”

लूका 10:18-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्केझैँ खसिरहेको देखेँ। मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन। तापनि दुष्ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्ने कुरामा आनन्द गर।” त्यस बेला येशू पवित्र आत्माद्वारा आनन्दले भरिनुभयो र भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ; किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो। “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताले बाहेक कसैले जान्दैन। अनि पिता को हो भनी पुत्रले र जस-जसकहाँ उहाँलाई प्रकट गरिदिने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले चिन्दैन।” त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्। किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ, त्यो हेर्न इच्छा गरेका थिए, तर देखेनन्; र तिमीहरू जे सुन्छौ, त्यो सुन्न इच्छा गरेका थिए, तर सुनेनन्।”
लूका 10:18-24 पवित्र बाइबल (NERV)
येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें। सुन, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन। तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।” त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो। “मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्छ। अनि पिता को हुन्, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजोको छ।” त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसँग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि फर्कनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ। म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”