लूका 10:17-19
लूका 10:17-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती सत्तरी जना आनन्दसाथ फर्केर आई यसो भने, “प्रभुज्यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीझैँ खसिरहेको देखें। मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।
लूका 10:17-19 नेपाली समकालीन संस्करण (NCV)
ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाउँमा भूत आत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।” उहाँले भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्केझैं गरी खसिरहेको देखें। मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन।
लूका 10:17-19 पवित्र बाइबल (NERV)
जब ती 72 जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!” येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें। सुन, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन।
लूका 10:17-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले पठाउनुभएका ती बहत्तर जना मानिसहरू फर्केर आए अनि खुसी हुँदै प्रभुलाई भने, “प्रभु, तपाईंको नाउँको शक्तिले भूतहरू पनि हाम्रा वशमा आए।” येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई बिजुलीजस्तै आकाशबाट बसिरहेको देखें। सुन, मैले तिमीहरूलाई सर्प र बिच्छीलाई कुल्चेर हिँड्ने शक्ति अनि शत्रुको सबै शक्तिलाई जित्ने अधिकार दिएको छु। कुनै कुराले तिमीहरूलाई नोक्सान गर्नेछैन।