YouVersion लोगो
खोज आइकन

लूका 1:50-55

लूका 1:50-55 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँको भय मान्‍नेहरूमाथि उहाँको कृपा पुस्‍तादेखि पुस्‍तासम्‍म रहनेछ। उहाँले आफ्‍नो बाहुलीको सामर्थ्‍य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्‍पनामा घमण्‍ड गर्नेहरूलाई छरपष्‍ट पार्नुभएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, र दीनहरूलाई उचाल्‍नुभएको छ। भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्‍त पार्नुभएको छ, र धनीहरूलाई उहाँले रित्तै हात पठाउनुभएको छ। उहाँले आफ्‍नो कृपा स्‍मरण गरेर आफ्‍नो सेवक इस्राएललाई सहायता दिनुभएको छ, र हाम्रा पुर्खाहरूलाई भन्‍नुभएझैँ, अब्राहाम र उनको भावी सन्‍तानलाई सदाकालको निम्‍ति दया देखाउनुभएको छ।”

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्

लूका 1:50-55 नेपाली समकालीन संस्करण (NCV)

उहाँको करुणा उहाँको भय मान्‍नेहरूको निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ। उहाँले आफ्ना बाहुलीद्वारा शक्‍तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पारिदिनुभएको छ। उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्‍च पार्नुभएको छ। उहाँले भोकाहरूलाई असल कुराले तृप्‍त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ। उहाँले कृपालु बन्‍न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ; जसरी उहाँले हाम्रा पुर्खाहरूलाई बताउनुभएको थियो, जुन कृपा उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि देखाउँछु भन्‍नुभएको थियो।”

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्

लूका 1:50-55 पवित्र बाइबल (NERV)

जसले परमेश्वरलाई उपासना गर्छ, उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ। उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ। उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ। उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ। उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ, तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ। उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ। उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न, हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्

लूका 1:50-55 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

र उहाँको डर राख्‍नेहरूमाथि उहाँले पुस्‍तौं-पुस्‍तासम्‍म दया गर्नुहुन्‍छ। उहाँले आफ्‍नो शक्तिशाली हातले घमण्‍डीहरूका विचारलाई चकनाचुर पारिदिनुभएको छ। उहाँले घमण्‍डी राजाहरूलाई सिंहासनबाट झार्नुभएको छ, तर नम्रहरूलाई उहाँले उच्‍च पार्नुभएको छ। उहाँले भोकाएकाहरूलाई असल कुरा दिनुभएको छ, तर धनीहरूलाई चाहिँ रित्तै हात फर्काइदिनुभएको छ। परमेश्‍वरले हाम्रा पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञा पूरा गरेर आफ्‍ना दास इस्राएललाई सहायता गर्नुभएको छ, उहाँले अब्राहाम र उनका सन्‍तानहरूलाई दया गर्न कहिले पनि बिर्सनुभएन।”

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्