लूका 1:26-28
लूका 1:26-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्ने एउटी कन्या केटीकहाँ पठाउनुभयो। दाऊद राजाको कुलमा जन्मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो। स्वर्गदूतले त्यस केटीकहाँ आएर भने, “तिमीलाई परमेश्वरको शान्ति होस्! प्रभु परमेश्वरले तिमीलाई ज्यादै अनुग्रह गर्नुभएको छ। उहाँ तिमीसँग हुनुहुन्छ।”
लूका 1:26-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।”
लूका 1:26-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो। स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।”
लूका 1:26-28 पवित्र बाइबल (NERV)
इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।”