लूका 1:1-56
लूका 1:1-56 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्नो हातमा लिएका छन्। तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्ति क्रमैअनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो, ताकि तपाईंलाई बताइएका विषयहरूको सत्यता तपाईंलाई थाहा होस्। यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्नी हारून-वंशकी थिइन्। तिनको नाउँ एलीशिबा थियो। ती दुवै परमेश्वरको सामुन्ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्थे। तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्किसकेको थियो। जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एक जना स्वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्ना राख्नू। तिमीलाई रमाहट र आनन्द हुनेछ, र धेरै जना तिनको जन्ममा रमाउनेछन्। किनभने तिनी परमप्रभुको सामुन्ने महान् हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। तिनले इस्राएलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्।” तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्ने? म बूढ़ो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” स्वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गूँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्।” मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्नै सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे। तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म लुकेर बसिन् र यसो भनिन्, “मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।” छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।” तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ। अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।” मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।” स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्। किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।” अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए। ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्, र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्। जब एलीशिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्र्यो, र एलीशिबा पवित्र आत्माले भरिपूर्ण भइन्, र एलीशिबाले चर्को सोरले भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हो। ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्। किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्र्यो। तिनी धन्यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्।” अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ, र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ। किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्। किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरो निम्ति महान् काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, र दीनहरूलाई उचाल्नुभएको छ। भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्त पार्नुभएको छ, र धनीहरूलाई उहाँले रित्तै हात पठाउनुभएको छ। उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्राएललाई सहायता दिनुभएको छ, र हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ, अब्राहाम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनुभएको छ।” मरियम तिनीसँग प्राय: तीन महिना बसेर आफ्नो घर फर्किन्।
लूका 1:1-56 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धेरैले हाम्रो बीचमा घटेर पूरा भएका कुराहरूको बयान लेख्ने काम गरेका छन्। ती घटनाहरूचाहिँ सुरुदेखि नै आफ्नै आँखाले देख्ने र यसैको बारेमा सुसमाचार प्रचार गर्नेहरूले बताएका छन्। अनि हे माननीय थियोफिलसज्यू, मैले पनि यसबारे सुरुदेखि नै राम्ररी खोजी गरें र तपाईंलाई यो विषयमा मेलैसँग लेख्न ठीक होला भनी लेख्दै छु। अब यो पुस्तक पढेर तपाईंलाई सिकाएका कुराहरू कति साँचा रहेछन् भन्ने तपाईंलाई थाहा हुनेछ। यहूदिया क्षेत्रका राजा हेरोदको पालामा जकरिया नाउँ गरेका पूजाहारी थिए। उनी अबिया भन्ने पूजाहारी समूहका मानिस थिए। उनकी पत्नीको नाउँ एलीशिबा थियो र तिनीचाहिँ हारून कुलको पूजाहारीकी छोरी थिइन्। ती दुवैले परमेश्वरको सामु असल जीवन बिताउँथे। उनीहरूले प्रभु परमेश्वरका सबै आज्ञा र नियमहरू नबिराई मान्थे। एलीशिबा बाँझी भएकी हुनाले उनीहरूको सन्तान थिएन अनि दुवै धेरै उमेरका भइसकेका थिए। एकपल्ट जकरिया आफ्नो समूहको पालोअनुसार मन्दिरमा परमेश्वरको सामुन्ने पूजाहारीको काम गर्दै थिए। पूजाहारीको चलनअनुसार चिट्ठा हाल्दा वेदीमा धूप बाल्ने पालो जकरियाकै नाउँमा पर्यो। त्यसैले उनी प्रभु परमेश्वरको मन्दिरभित्र धूप बाल्न गए। धूप बाल्ने समयमा बाहिरपट्टि भेला भएका मानिसहरू प्रार्थना गरिरहेका थिए। त्यति नै खेर जकरियाकहाँ प्रभु परमेश्वरका स्वर्गदूत देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए। स्वर्गदूतलाई देखेर जकरिया डरले आत्तिए। तर स्वर्गदूतले उनलाई भने, “ए जकरिया, नडराऊ, परमेश्वरले तिम्रो बिन्ती सुन्नुभएको छ। तिम्री पत्नी एलीशिबाले एउटा छोरो जन्माउनेछिन्। तिमीले तिनको नाउँ यूहन्ना राख्नू। त्यस बेला तिमीलाई हर्ष र आनन्द हुनेछ र अरू धेरै मानिसहरू पनि तिनको जन्ममा रमाउनेछन् किनभने तिनी प्रभु परमेश्वरको नजरमा ठूला मानिस हुनेछन्। तिनले दाखमद्य वा कुनै पनि मद्य खानेछैनन्। तिनी आमाको कोखमा हुँदा नै पवित्र आत्माले भरिनेछन्। तिनले इस्राएली जातिका धेरै मानिसहरूलाई आफ्ना प्रभु परमेश्वरतिर फर्काउनेछन्। तिनले आत्मा र शक्तिमा एलियाजस्तै भई प्रभुको अघि आएर उहाँको बाटो तयार पार्नेछन्। तिनले बुबा र छोरा-छोरीहरूको बीचमा मेलमिलाप ल्याउनेछन् र अट्टेरीहरूलाई परमेश्वरको आज्ञापालन गर्ने मानिसको ज्ञानतिर डोर्याउनेछन्। यसरी तिनले प्रभुका जनलाई उहाँकै निम्ति तयार पार्नेछन्।” जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पक्का हुन्छ भनेर मैले कसरी पत्याउने? म त बुढो भइसकेको छु र मेरी जहान पनि बुढी भइसकेकी छिन्।” स्वर्गदूतले जवाफ दिए, “म परमेश्वरसँग रहने गब्रिएल हुँ। उहाँले नै मलाई तिमीसँग कुरा गर्न र यो सुसमाचार सुनाउन पठाउनुभएको हो। मैले भनेको कुरा ठीक समयमा पूरा हुनेछ। तर हेर, तिमीले मैले भनेको कुरालाई विश्वास नगरेकोले यो कुरा पूरा नहुञ्जेल तिमी बोल्न सक्नेछैनौ।” बाहिर मानिसहरू पर्खिरहेका थिए र जकरियाले ढीलो गरेकोमा अचम्म मानिरहेका थिए। जकरिया बाहिर आउँदा त उनी मानिसहरूसँग बोल्नै सकेनन्। त्यसो हुँदा तिनीहरूले मन्दिरभित्र उनले दर्शन पाए भन्ने कुरा थाहा पाए। उनले बोल्नै नसकेर बाहिर पर्खेर बसेका मानिसहरूलाई हातले इशारा गरे। जकरियाको पूजा गर्ने पालो सकिएपछि उनी घर गए। केही दिनपछि नै उनकी जहानको कोखमा गर्भ रह्यो। त्यसपछि उनकी जहान पाँच महिनासम्म कतै निस्किनन्। तिनले भनिन्, “यो काम प्रभु परमेश्वरले नै मेरो लागि गर्नुभएको हो। उहाँले ममाथि दया गरेर मलाई मानिसको निन्दाबाट जोगाउनुभयो!” एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्ने एउटी कन्या केटीकहाँ पठाउनुभयो। दाऊद राजाको कुलमा जन्मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो। स्वर्गदूतले त्यस केटीकहाँ आएर भने, “तिमीलाई परमेश्वरको शान्ति होस्! प्रभु परमेश्वरले तिमीलाई ज्यादै अनुग्रह गर्नुभएको छ। उहाँ तिमीसँग हुनुहुन्छ।” स्वर्गदूतले भनेका कुराले मरियम आतिइन् र बुझ्न नसकेर अलमल्ल परिरहिन् अनि स्वर्गदूतले भने, “मरियम, नडराऊ, परमेश्वरले तिमीलाई ठूलो दया गर्नुभएको छ। अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्यो छोराको नाउँ तिमीले येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र उहाँलाई महान् परमेश्वरका पुत्र भन्नेछन्। प्रभु परमेश्वरले उहाँलाई उहाँकै पुर्खा दाऊदजस्तै राजा बनाउनुहुनेछ। उहाँले याकूबको वंशमाथि राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।” यो सुनेर मरियमले स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, तब यो कुरा कसरी हुन सक्छ?” स्वर्गदूतले भने, “परमेश्वरको पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ। महान् परमेश्वरको शक्तिको छायाँ तिमीमाथिपर्नेछ। त्यसैकारण जन्मिनुहुने बालक पवित्र हुनुहुनेछ र परमेश्वरको पुत्र कहलाइनुहुनेछ। फेरि सुन, अब तिम्रो नातेदार एलीशिबा पनि छोरा पाउने भएकी छन्। तिनी बुढी भइसकेकी भए पनि अहिले तिनको कोखमा छ महिनाको बालक छ। तिनका त छोरा-छोरी नै हुँदैन भनिएको थियो। तर हेर, परमेश्वरले गर्न नसक्ने कुरा केही छैन।” तब मरियमले भनिन्, “हवस्, म प्रभु परमेश्वरकी दासी हुँ, तपाईंले भन्नुभएको कुरा मलाई पुगोस्।” त्यसपछि स्वर्गदूत त्यहाँबाट बिदा भए। केही दिनपछि मरियम हतार गरेर यहूदिया क्षेत्रमा पर्ने एउटा पहाडी गाउँमा गइन्। त्यहाँ तिनले जकरियाको घरमा गएर एलीशिबालाई अभिवादन गरिन्। मरियमले अभिवादन भनेको सुन्नेबित्तिकै एलीशिबाको कोखमा भएको बालक चल्मलायो। त्यसै बेला एलीशिबा पवित्र आत्माले भरिइन्। अनि तिनले सोर उचालेर भनिन्, “स्त्रीजातिमा तिमी कति धन्य रहिछौ। धन्य हुन्, तिमीबाट जन्मिनुहुने बालक! म को हुँ र तिमी मेरा प्रभुकी आमा भएर पनि मकहाँ आयौ? तिमीले अभिवादन भनेको सुन्दा मेरो कोखमा भएको बालक खुसीले चल्मलायो। प्रभु परमेश्वरले तिमीलाई भन्नुभएको कुरा पूरा हुन्छ भनेर विश्वास गर्ने तिमी कति धन्यकी हौ!” अनि मरियमले भनिन्, “म मेरो हृदयदेखि नै प्रभु परमेश्वरको प्रशंसा गर्छु र मेरो आत्मा मलाई मुक्ति दिनुहुने परमेश्वरसँग रमाउँछ किनभने उहाँले मजस्तो तुच्छ दासीलाई पनि दया गर्नुभयो। अबदेखि उसो मानिसहरूले मलाई धन्य भन्नेछन्। शक्तिशाली परमेश्वरले मेरो लागि एउटा ठूलो काम गरिदिनुभएको छ। परमेश्वरको नाउँ पवित्र छ र उहाँको डर राख्नेहरूमाथि उहाँले पुस्तौं-पुस्तासम्म दया गर्नुहुन्छ। उहाँले आफ्नो शक्तिशाली हातले घमण्डीहरूका विचारलाई चकनाचुर पारिदिनुभएको छ। उहाँले घमण्डी राजाहरूलाई सिंहासनबाट झार्नुभएको छ, तर नम्रहरूलाई उहाँले उच्च पार्नुभएको छ। उहाँले भोकाएकाहरूलाई असल कुरा दिनुभएको छ, तर धनीहरूलाई चाहिँ रित्तै हात फर्काइदिनुभएको छ। परमेश्वरले हाम्रा पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञा पूरा गरेर आफ्ना दास इस्राएललाई सहायता गर्नुभएको छ, उहाँले अब्राहाम र उनका सन्तानहरूलाई दया गर्न कहिले पनि बिर्सनुभएन।” त्यति बेला मरियम तीन महिना जति एलीशिबासँग बसिन् र त्यसपछि घर फर्किन्।
लूका 1:1-56 पवित्र बाइबल (NERV)
प्रिय थियोफिलस: किनभने धेरै मानिसहरूले हाम्रा बीचमा घटेका घट्नाहरूको बिषयमा इतिहास लेख्ने चेष्टा गरेका छन्। तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्। हे माननीय म आफैंले शुरूदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचें मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्नै पर्छ। यसैले, मैले तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु। यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो। ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए। तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए। जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। पूजाहारीहरूले सधैँ एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो। त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए। त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए। ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछिन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु। तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ। परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैनन्। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्। “तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने माध्यम हुनेछन्। तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।” जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँच्चो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?” ती स्वर्गदूतले जवाफ दिए, “म गाब्रिएल हुँ। म परमेश्वरको अघि खड़ा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरागर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो। अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैनौ।” बाहिरपट्टि, मानिसहरूले जकरियालाई पर्खिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए। त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे। जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे। केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्, “हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।” इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।” तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?” ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ। सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु। उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?” ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ। यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइएता पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्। किनभने परमेश्वरमा जे कुरा पनि सम्भव छ।” मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि हुनदिनुहोस्।” त्यसपछि दूत उनीबाट विदा भए। लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गईन्। तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्। जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्। तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ। यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु पर्यो? जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक हर्षले उफ्रियो। तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।” त्यसपछि मरियमले भनिन्, “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ, अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ। किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो। अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्, किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ। उहाँको नाउँ पवित्र होस्। जसले परमेश्वरलाई उपासना गर्छ, उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ। उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ। उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ। उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ। उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ, तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ। उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ। उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न, हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।” मरियम इलीशिबासँग प्रायः तीन महीनासम्म बसिन्। त्यसपछि घर फर्किन्।

लूका 1:1-56 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्, जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए। यसकारण हे माननीय थियोफिलस, मैले सुरुदेखि नै सबै कुराको सावधानीपूर्वक खोजी गरेको हुनाले तपाईंका निम्ति ती सबै कुराहरूको एक क्रमवद्ध विवरण लेख्न मलाई पनि उचित लाग्यो, जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्। यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्। तिनीहरू दुवै जना परमेश्वरको दृष्टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे। तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए। एक पल्ट जब जकरिया परमेश्वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए, तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्यो। अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए। त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। दूतलाई देखेर जकरिया आत्तिए र डराए। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रा निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाम यूहन्ना राख्नू। तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्। किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्। तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्। बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।” जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ। अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्वास गरेनौ।” यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्क पर्दैथिए। जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्। अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्तमा बसिन्। तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।” एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो। स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।” तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ। अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, “यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।” स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ। यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्। किनकि परमेश्वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।” मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए। त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे। तिनले जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्। एलीशिबाले मरियमको अभिवादन सुन्नेबित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्। अनि तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुनुहुन्छ। तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई किन भयो? तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो। धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्नुभएका कुरा पूरा हुनेछन् भनी विश्वास गरिन्।” अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ, र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ। किनकि उहाँले आफ्नी सेविकाको दुःखद् अवस्थालाई विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्, किनकि सर्वशक्तिमान्ले मेरा निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाम पवित्र होस्। उहाँको करुणा उहाँको भय मान्नेहरूका निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ। उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पार्नुभएको छ। उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्च पार्नुभएको छ। उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ। उहाँले कृपालु बन्न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ; उहाँले हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि दया देखाउँछु भन्नुभएको थियो।” मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्।