लेवीहरू 8:14-24
लेवीहरू 8:14-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि तिनले पापबलिको साँढ़े ल्याए, र हारून र उनका छोराहरूले पापबलिका साँढ़ेको टाउकोमा आ-आफ्ना हात राखे। तब तिनले त्यसलाई मारे, र मोशाले रगतबाट केही लिएर आफ्नो औँलाले वेदीका सीङहरूमा वरिपरि लगाएर वेदीलाई चोख्याए। अनि बाँकी रगतचाहिँ तिनले वेदीको आधारमा खन्याए। त्यसको निम्ति प्रायश्चित गर्न तिनले यसरी वेदी चोख्याए। मोशाले आन्द्रा-भुँड़ीहरू ढाक्ने जम्मै बोसो र कलेजो ढाक्ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए। तर साँढ़ेचाहिँ त्यसका छाला र मासु र गोबरसमेत छाउनीबाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि तिनले होमबलिको भेड़ा प्रस्तुत गरे। हारून र उनका छोराहरूले आ-आफ्ना हात भेड़ाको टाउकोमा राखे। तब तिनले त्यसलाई मारे। अनि मोशाले रगत वेदीको वरिपरि छर्के, र तिनले भेड़ालाई टुक्रा-टुक्रा पारेर काटे, र टाउको र ती टुक्राहरू बोसोसमेत जलाए। मोशाले आन्द्रा-भुँड़ी र खुट्टाहरू पानीले पखाले, र त्यो परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएको, मीठो बास्नाको होमबलि स्वरूप तिनले सिङ्गै भेड़ा वेदीमा जलाए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि तिनले अर्को भेड़ा, अर्थात् अर्पणको भेड़ा प्रस्तुत गरे। अनि हारून र उनका छोराहरूले आ-आफ्ना हात त्यस भेड़ाको टाउकोमा राखे। तब मोशाले त्यसलाई मारे, र तिनले त्यसको रगतबाट लिएर हारूनको दाहिने कानको लोतीमा, उनको दाहिने हातको बूढ़ी-औँलामा र उनको दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदिए। त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए, र तिनले उनीहरूका दाहिने-दाहिने कानका लोतीमा, दाहिने-दाहिने हातका बूढ़ी-औँलामा र दाहिने-दाहिने खुट्टाका बूढ़ी-औँलामा रगत लगाइदिए, अनि रगत वेदीको वरिपरि छर्के।
लेवीहरू 8:14-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि तिनले पाप शुद्धीकरण बलिको बाछा अगाडि ल्याए। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि हात राखे। मोशाले त्यस बाछालाई मारे। अनि केही रगत लिएर वेदीलाई शुद्ध पार्नलाई आफ्ना औँलाले वेदीका सबै सिङहरूमाथि छर्के। तिनले उब्रेको रगत वेदीको फेदमा खन्याइदिए। यसरी तिनले प्रायश्चित गर्नलाई वेदीलाई अर्पण गरे। मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए। तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए। त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे। तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के। मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए। मोशाले भित्री भागहरू र खुट्टाहरू पानीले पखाले; अनि त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको मिठो बास्नाको होमबलिस्वरूप तिनले सिङ्गै भेडा वेदीमा जलाए; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि तिनले अर्को भेडा, अर्थात् अर्पणको भेडालाई प्रस्तुत गरे; अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे। मोशाले भेडालाई मारे; अनि त्यसको रगतबाट केही लिएर त्यसलाई हारूनको दाहिने कानको लोतीमा, तिनको दाहिने हातको बूढी औँलामा र तिनको दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए। मोशाले हारूनका छोराहरूलाई पनि अगाडि ल्याए। केही रगत लिएर तिनीहरूका दाहिने कानका लोतीहरूमा, तिनीहरूका दाहिने हातका बूढी औँलाहरूमा र तिनीहरूका दाहिने खुट्टाका बूढी औँलाहरूमा लगाइदिए। त्यसपछि तिनले वेदीका चारैतिर रगत छर्किदिए।
लेवीहरू 8:14-24 पवित्र बाइबल (NERV)
यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे, अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए। मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए। त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए। त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेंडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेंडाको शिरमाथि तिनीहरूको हात राखे। तब मोशाले भेंडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए। भेंडालाई तिनले टुक्रा-टुक्रा पारेर काटे अनि टाउको, टुक्राएको मासु अनि बोसो आगोमा जलाए। तिनले भेंडाको आन्द्रा-भुँडी र खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेंडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बास्नाको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो। त्यसपछि तिनले पूजाहारी नियुक्त भएकोमा अर्पण गरिएको अर्को भेंडा ल्याए अनि हारून र तिनका छोराहरूले आफ्नो हातहरू त्यस भेंडाको टाउकोमाथि राखे। त्यसपछि तिनले त्यो भेंडालाई मारेर त्यसको रगत हारूनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी ओंलाहरूमा लगाइदिए। मोशाले हारूनका छोराहरूलाई अघि ल्याए अनि तिनीहरूको दाहिने कानको लोती दाहिने हातको औंलो र दाहिने खुट्टकाको बुढी औंलाहरूमा राखिदिए अनि रहेको रगत वेदी वरिपरि छर्किदिए।
लेवीहरू 8:14-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मोशाले पापबलिको साँढे ल्याए र तिनका छोराहरूले त्यसको शिरमा हात राखे। मोशाले त्यसलाई मारे र त्यसको रगत लिएर औँलाले वेदीका कुना-कुनाका चोसाहरूमा लाएर वेदीलाई शुद्ध पारे। तब तिनले बाँकी रगत वेदीको फेदमा खन्याए। त्यसरी तिनले वेदीलाई अर्पण गरेर पवित्र गरे। मोशाले साँढेको भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग र बोसोसमेत मृगौला लिएर वेदीमाथि जलाए। तिनले बाँकी साँढे, त्यसका छाला, मासु र आन्द्राहरू सबै लिए र परमप्रभुले आज्ञा गर्नुभएअनुसार छाउनीको बाहिर जलाए। त्यसपछि मोशाले होमबलिको साँढ-भेडा ल्याए र हारून र तिनका छोराहरूले त्यसको शिरमा हात राखे। मोशाले त्यसलाई मारे र त्यसको रगत वेदीका चारैपट्टि छर्के। तिनले साँढ-भेडालाई टुक्रैटुक्रा पारे, त्यसका भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू पानीले धोए र टाउको, बोसो र बाँकी साँढ-भेडा सबै परमप्रभुले आज्ञा गर्नुभएअनुसार वेदीमा जलाए। यो एउटा होमबलि हो र त्यसको बास्नाले परमप्रभुलाई खुसी पार्ने भयो। तब मोशाले पूजाहारीहरूका अभिषेकको निम्ति राखिएको दोस्रो साँढ-भेडा ल्याए र हारून र तिनका छोराहरूले त्यसको शिरमा हात राखे। मोशाले त्यसलाई मारे र त्यसको केही रगत लिएर हारूनको दाहिने कानको लोती र दाहिने हात र खुट्टाको बुढी-औँलाहरूमा लगाइदिए। तब तिनले हारूनका छोराहरूलाई अघि ल्याए र केही रगत तिनीहरूका दाहिने कानका लोती र दाहिने हात र खुट्टाका बुढी औँलाहरूमा लगाईदिए। उब्रेको रगत मोशाले वेदीको चारैपट्टि खन्याईदिए।