लेवीहरू 8:10-12
लेवीहरू 8:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका यावत् थोकलाई अभिषेक गरेर चोख्याए। त्यसबाट केही तेल लिएर तिनले वेदीमा सात पल्ट छर्के, र वेदी र त्यसका सबै भाँड़ाकुँड़ाहरू, हात-खुट्टा धुने बाटा त्यसको बैठकसमेत चोख्याउनलाई अभिषेक गरे। फेरि तिनले अभिषेक गर्ने तेल लिएर हारूनको शिरमा खन्याई उनलाई चोख्याउनलाई अभिषेक गरे।
लेवीहरू 8:10-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर समागम पाल र त्यसभित्र भएका प्रत्येक चीजलाई अर्पण गरे; र सबै कुराहरूलाई पवित्र गरे। तिनले वेदी र त्यसका सबै भाँडाकुँडा, बाटा र त्यसको खम्बालाई अर्पण गर्नलाई अभिषेक गर्दै केही तेल वेदीमाथि सात चोटि छर्के। तिनले अभिषेक गर्ने तेलबाट केही लिएर हारूनलाई पवित्र गरे, र अभिषेक गर्नका लागि तिनको शिरमाथि खन्याए।
लेवीहरू 8:10-12 पवित्र बाइबल (NERV)
मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे। उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए। त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए।
लेवीहरू 8:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मोशाले अभिषेक गर्ने तेल लिएर परमप्रभुको पवित्र पाल र त्यसमा भएका सबै चीजबीजमा लाइदिए र त्यसरी ती सबै परमप्रभुलाई अर्पण गरे। केही तेल लिएर तिनले वेदी र त्यसका सर-सामान, पानी हाल्ने भाँडो र त्यसका आसनमा सातपल्ट छर्के र ती परमप्रभुलाई अर्पण गरे। तिनले हारूनलाई टाउकोमा केही अभिषेक गर्ने तेल खन्याइदिएर अभिषेक गरे।