लेवीहरू 16:5-10
लेवीहरू 16:5-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले इस्राएलीहरूको समुदायबाट पापबलिको निम्ति दुई वटा बोका र होमबलिको निम्ति एउटा भेड़ा ल्याओस्। “त्यसपछि हारूनले आफ्नो पापबलिको निम्ति साँढ़े चढ़ाओस्, र आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्। तब त्यसले ती दुवै बोकाहरू लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु राखिदेओस्। त्यसपछि हारूनले दुवै बोकामा चिट्ठा हालोस्, एउटा परमप्रभुको निम्ति र अर्कोचाहिँ छाड़ा छोडिने बोकाको निम्ति। चिट्ठामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारूनले नजिक ल्याएर पापबलिको निम्ति त्यो चढ़ाओस्। तर चिट्ठामा छाड़ा छोड्ने बोकाको भागमा परेको बोकाचाहिँ जिउँदै परमप्रभुको सामुन्ने ल्याइओस्, र त्यसपछि त्यो प्रायश्चित गर्नलाई छाड़ा हुन उजाड़-स्थानमा पठाइओस्।
लेवीहरू 16:5-10 पवित्र बाइबल (NERV)
“हारूनले दुइवटा पाठाहरू पापबलिको निम्ति लानु पर्छ अनि एउटा भेडी होमबलिको निम्ति इस्राएलका मानिसहरूबाट लिनु पर्छ। तब हारूनले पापबलिको निम्ति साँढे चढाउनु पर्छ। पापबलि ऊ आफ्नै निम्ति हो। हारून आफ्नो परिवार र आफैंई पवित्र पार्नु उसले यसो गर्नु पर्छ। “तब हारूनले दुइवटा बोकाहरू भेट हुने पालको ढोकामा परमप्रभुअघि ल्याउनु पर्छ। हारूनले ती दुइवटा बोकाहरू माझ चिठ्ठा लगाउँछ, एउटा परमप्रभुको निम्ति हुन्छ र अर्को मानिसहरूको दोष निवारणको निम्ति छाडा छोड्नु पर्छ। “चिठ्ठामा परेको बोकालाई हारूनले पापबलिको निम्ति परमप्रभुलाई चढाउनेछ। दोष निवारणको निम्ति चिठ्ठा परेको बोकालाई हारूनले परमप्रभुअघि ल्याई मरुभूमिमा खुला छाडिदिनेछ। यो मानिसहरूलाई शुद्ध बनाउनको लागि हो।
लेवीहरू 16:5-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएली जन-समूहले पापबलिको निम्ति एक जोर बोका र होमबलिको निम्ति एउटा साँढ-भेडा दिनेछन्। त्यसले आफ्नो र आफ्ना परिवारको पाप काट्नलाई एउटा साँढे बलि चढाओस्। त्यसपछि त्यसले एक जोर बोका परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्। त्यहाँ त्यसले दुई ढुङ्गाका गोटी बनाएर बोकोमाथि चिट्ठा हाल्ने एउटा ढुङ्गामा ‘परमप्रभुको निम्ति’ अनि अर्कोमा ‘एजाजेलको निम्ति’ भनेर चिन्ह लगाओस्। चिट्ठा हालेर परमप्रभुको निम्ति चुनिएको बोको हारूनले परमप्रभुलाई पापबलि चढाओस्। एजाजेलको निम्ति चुनिएको बोको जिउँदै परमप्रभुलाई चढाएर मानिसहरूका पाप काट्नको लागि एजाजेलको निम्ति उजाड-भूमिमा छोडिदेओस्।