लेवीहरू 14:19-20
लेवीहरू 14:19-20 पवित्र बाइबल (NERV)
“तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ। पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।
लेवीहरू 14:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तब त्यो अशुद्धपनाबाट शुद्ध हुनुपर्ने कारणले पूजाहारीले पापबलि चढ़ाएर त्यसको निम्ति प्रायश्चित गरून्। त्यसपछि तिनले होमबलि मारून्। पूजाहारीले होमबलि र अन्नबलि वेदीमा चढ़ाऊन्, र त्यसको निम्ति प्रायश्चित गरून्, र त्यो शुद्ध हुनेछ।
लेवीहरू 14:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यसपछि पुजारीले पाप शुद्धीकरण बलि चढाएर आफ्नो अशुद्धिबाट शुद्ध हुनुपर्नेका निम्ति प्रायश्चित गरोस्। त्यसपछि पुजारीले होमबलि चढाइने पशु मारोस्। अनि त्यसलाई पुजारीले अन्नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्चित गरोस्, तब त्यो शुद्ध हुनेछ।
लेवीहरू 14:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि पूजाहारीले पापबलि चढाएर शुद्धीकरणको विधि पूरा गर्नेछ। तब उसले होमबलि चढाइने पशु मार्नेछ र अन्नबलिसित त्यसलाई वेदीमा चढाउनेछ। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ र त्यो मानिस विधिअनुसार शुद्ध हुनेछ।