विलाप 5:15-22
विलाप 5:15-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा मनबाट आनन्द हटेको छ, हाम्रो नाच शोकमा परिवर्तन भएको छ। हाम्रो शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्कार, किनभने हामीले पाप गरेका छौं। यसैकारण हाम्रो हृदय निर्बल भएको छ, यिनै कामको कारण हाम्रा आँखा धमिलिएका छन्। सियोन पर्वत उजाड़ भएको छ, स्यालहरू त्यसमा घुमिहिँड्छन्। हे परमप्रभु, तपाईं सदासर्वदै शासन गर्नुहुन्छ। तपाईंको सिंहासन पुस्तौँसम्म रहिरहन्छ। तपाईंले किन हामीलाई सधैँ भुल्नुहुन्छ? तपाईंले किन यति धेरै समयसम्म हामीलाई त्याग्नुहुन्छ? हे परमप्रभु, हामीलाई आफूतिर फर्काउनुहोस्, र हामी फर्किऔं। हाम्रा दिन तादिका दिनझैँ बनाइदिनुहोस्, यदि तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन र सम्झन नसक्ने गरी रिसाउनुभएको छैन भने!
विलाप 5:15-22 पवित्र बाइबल (NERV)
अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन। हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्। मुकुट हाम्रो टाउकोबाट झरेर गयो। हामीले गरेको पापको कारणले, हामीमा खराब समय आएकोछ। ती कुराहरूको कारणले गर्दा, हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्यो। सियोन पर्वत बाँझोभूमि भयो। स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्। तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ। तपाईंको सिंहासन सदाको लागि रहन्छ। हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो। तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो। हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाई कहाँ ल्याउनु होस्। हामी आनन्दले तपाई कहाँ फर्कने छौं। हामीहरूको जीवन पहिलेको जस्तै बनाईदिनु होस्। तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो। के तपाईले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो?
विलाप 5:15-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हाम्रो जीवनबाट आनन्द हटिसकेको छ; हाम्रो नाच शोकमा परिवर्तन भइसकेको छ। हाम्रो शिरबाट मुकुट खसेको छ; हामीले पाप गरेका छौं र अब नाश भएका छौं। हाम्रो हृदय निर्बल भएको छ र आँसुकै कारण हाम्रा आँखा धमिलिएका छन्। किनभने सियोन पर्वत सुनसान र उजाड भएको छ र जङ्गली स्यालहरू त्यसमा घुमिहिंड्छन्। तर हे परमप्रभु, तपाईं सनातनका राजा हुनुहुन्छ र अनन्तकालसम्म राज्य गर्नुहुन्छ। तपाईंले किन यति धेरै समयसम्म हामीलाई त्याग्नुभयो? के तपाईंले हामीलाई फेरि कहिल्यै सम्झनुहुन्न? हामीलाई तपाईंकहाँ फर्काउनुहोस्! हे परमप्रभु, हामीलाई फर्काउनुहोस्! पहिलेको झैँ हाम्रा सुदिन फर्काईदिनुहोस्। अथवा, के तपाईंले हामीलाई सदाको लागि इन्कार गर्नुभएको हो? के तपाईंको रिसको अन्त हुँदैन?