YouVersion लोगो
खोज आइकन

विलाप 3:22-31

विलाप 3:22-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको महान्‌ प्रेमले गर्दा हामी भस्‍म भएका छैनौं, उहाँका कृपाको अन्‍त कहिल्‍यै हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान्‌ छ। मेरो प्राणले भन्‍छ, “परमप्रभु नै मेरो सर्वस्‍व हुनुहुन्‍छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्‍छु।” परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्‍नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्‍छ। चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्‍छ। आफ्‍नो युवावस्‍थामा नै जुवा बोक्‍नु मानिसलाई असल हुन्‍छ। परमप्रभुले यो त्‍यसमाथि राख्‍नुभएकोले त्‍यो एकलै शान्‍त बसोस्‌। त्‍यसले आफ्‍नो मुखले भूइँ छोओस्, यसरी अझै आशा होस्‌। आफ्‍नो गाला हिर्काउनेपट्टि नै त्‍यसले त्‍यो फर्काइदेओस्, र गिल्‍ला सहँदैरहोस्‌। किनभने परमप्रभुले मानिसहरूलाई सधैँको निम्‍ति फाल्‍नुहुन्‍न

शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्

विलाप 3:22-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुको अनन्‍त प्रेम र कृपा सदा रहिरहन्‍छ; प्रत्‍येक बिहानी ती ताजा रहन्‍छन्; तपाईंको विश्‍वस्‍तता महान् छ। परमप्रभु नै मेरो सर्वश्‍व हुनुहुन्‍छ, यसैकारण म उहाँमा आशा राख्‍दछु। परमप्रभुमाथि भरोसा गर्नेहरू सबैप्रति उहाँ भलो हुनुहुन्‍छ। धैर्यसाथ परमप्रभुको उद्धारको बाटो हेर्नु नै सर्वोत्तम कुरा हो। युवावस्‍थामा नै यस्‍तै धैर्य राख्‍न सिक्‍नु उत्तम कुरा हो। हामीमाथि कष्‍ट आइपर्दा शान्‍त अनि धैर्य भई एकलै बस्‍नु असल हुन्‍छ। हामी आफ्‍ना शिर भूइँसम्‍म निहुराउँछौं भने त्‍यसमा आशा हुन्‍छ। चुटाइ र बदनाम खानुपरे पनि हामीले यी सबै स्‍वीकार गर्नुपर्छ। परमप्रभु दयालु हुनुहुन्‍छ र उहाँले हामीलाई सदाको निम्‍ति त्‍याग्‍नुहुन्‍न।

शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्

विलाप 3:22-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्‍वसनीयता महान् छ। म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।” याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ; याहवेहको उद्धारका निम्ति चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो। आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु मानिसका निम्ति असल हुन्छ। त्यो एकलै शान्त भएर बसोस्; किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ। त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्, अझै पनि त्यसमा आशा होस्। उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; अनि त्यसले अपमान गिल्‍ला सहँदै रहोस्। किनकि प्रभुले मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।

शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्

विलाप 3:22-31 पवित्र बाइबल (NERV)

परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन। हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ। म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।” परमप्रभु ती मानिसहरूका लागि, असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँलाई खोज्दछ। ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ! मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो। जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ। त्यो मानिसले परमप्रभुको, अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ। हुनसक्छ, त्यहाँ अझ आशा होला। त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ। त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।

शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्

विलाप 3:22-31

विलाप 3:22-31 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्