विलाप 3:19-25
विलाप 3:19-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तीतोपन र पित्त, मेरो दु:ख र फिरन्तेपनलाई सम्झन्छु। म निरन्तर तिनलाई सम्झिरहन्छु, र मेरो प्राण मभित्र हताश भएको छ। तर म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ: परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईंको विश्वस्तता महान् छ। मेरो प्राणले भन्छ, “परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।” परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ।
विलाप 3:19-25 पवित्र बाइबल (NERV)
परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो। म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु। तर त्यसपछि अन्य केही कुरा सोचें। तब ममा आशा जाग्यो। परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन। हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ। म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।” परमप्रभु ती मानिसहरूका लागि, असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँलाई खोज्दछ।
विलाप 3:19-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो कष्टको चिन्ता, घररहितको चिन्ता तीतो विषझैँ भएको छ। ति कुरा म एकोहोरो सम्झिरहन्छु र आत्मामा हताश हुँदैजान्छु। जब म यो एउटा कुरा सम्झन्छु; यसैले मलाई आशा दिन्छ– परमप्रभुको अनन्त प्रेम र कृपा सदा रहिरहन्छ; प्रत्येक बिहानी ती ताजा रहन्छन्; तपाईंको विश्वस्तता महान् छ। परमप्रभु नै मेरो सर्वश्व हुनुहुन्छ, यसैकारण म उहाँमा आशा राख्दछु। परमप्रभुमाथि भरोसा गर्नेहरू सबैप्रति उहाँ भलो हुनुहुन्छ।