YouVersion लोगो
खोज आइकन

विलाप 1:1-20

विलाप 1:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मानिसहरूले भरिएको सहर अब कस्‍तो सूनसान भयो। त्‍यो त एक विधवाजस्‍तो भएको छ। जो एक पल्‍ट जाति-जातिहरूमा महान्‌ र प्रदेशहरूमा राजकुमारीजस्‍तै थियो, अब त्‍यो दासत्‍वमा परेको सहर भएको छ। रातभरि त्‍यो धुरुधुरु रुन्‍छ, त्‍यसका गालामा आँसु बगिरहन्‍छ। त्‍यसका सबै प्रियहरूमध्‍ये, त्‍यसलाई सान्‍त्‍वना दिने कोही पनि छैन। त्‍यसका सबै मित्रहरूले त्‍यसलाई धोका दिएका छन्, र तिनीहरू त्‍यसका वैरीहरू बनेका छन्‌। दु:ख र कठोर दासत्‍वपछि यहूदा प्रवास लगियो। अब त्‍यो अन्‍यजातिहरूका बीचमा रहन्‍छ, त्‍यसले कुनै विश्रामको स्‍थान पाउँदैन, त्‍यसलाई खेदो गर्नेहरू सबैले दु:खको बीचमा त्‍यसलाई पक्रेका छन्‌। सियोन जाने बाटोहरूले विलाप गरिरहेका छन्, किनभने ठहराइएका चाड़हरूमा कोही पनि आउँदैन। त्‍यसका सबै मूल ढोकाहरू उजाड़ छन्, त्‍यसका पूजाहारीहरू सुस्‍केरा मार्दछन्‌। त्‍यसका कुमारीहरू दु:खित छन्, अनि त्‍यो कठोर वेदनामा छ। त्‍यसका शत्रुहरू त्‍यसका मालिक भएका छन्, त्‍यसका विरोधीहरू आराममा छन्, त्‍यसका धेरै पापहरूले गर्दा परमप्रभुले त्‍यसलाई दु:ख दिनुभएको हो। त्‍यसका बालकहरू शत्रुहरूका अगि कैदमा लगिएका छन्‌। सियोनकी छोरीबाट त्‍यसका सबै गौरव गइहालेका छन्‌। त्‍यसका राजकुमारहरू खर्क नपाउने मृगहरूजस्‍तै छन्‌। तिनीहरू दुर्बल भएर खेद्‌नेहरूका अगिअगि भागेका छन्‌। यरूशलेमले आफ्‍ना दु:ख र सङ्कष्‍टका दिनमा उहिले भएका आफ्‍ना सबै बहुमूल्‍य कुराहरूको सम्‍झना गर्छ। जब त्‍यसका मानिसहरू शत्रुहरूका हातमा परे, त्‍यसलाई सहायता गर्ने कोही पनि थिएन, त्‍यसका शत्रुहरूले त्‍यसलाई हेरे, र त्‍यसको विनाशमा ठट्टा गरे। यरूशलेमले घोर पाप गर्‍यो, यसैले त्‍यो अशुद्ध भएको छ। त्‍यसलाई मान गर्ने सबैले त्‍यसलाई तुच्‍छ ठान्‍दछन्, किनभने तिनीहरूले त्‍यसको नग्‍नता देखेका छन्‌। त्‍यो आफै सुस्‍केरा मार्छ र मुख फर्काउँछ। त्‍यसको अशुद्धपना त्‍यसको फरियामा टाँसियो, त्‍यसले आफ्‍नो आउने दुर्दिनलाई सम्‍झेन। त्‍यसको पतन भयङ्कर थियो, त्‍यसलाई सान्‍त्‍वना दिने कोही थिएन। “हे परमप्रभु, मेरो कष्‍टलाई हेर्नुहोस्, किनभने शत्रु विजयी भएको छ।” त्‍यसका सबै धन खोस्‍न शत्रुले आफ्‍नो हात हालेको छ। जसलाई तपाईंले आफ्‍नो सभामा पस्‍न मनाही गर्नुभएको थियो, तिनै अन्‍यजातिहरू त्‍यसको पवित्रस्‍थानमा पसेका त्‍यसले देख्‍यो। त्‍यसका सबै मानिसहरू सुस्‍केरा मार्दै अन्‍नको खोजीमा छन्‌। आफ्‍नो प्राण बचाउनलाई तिनीहरू खानेकुरासित आफ्‍ना धन-सम्‍पत्ति साट्‌दछन्‌। “हे परमप्रभु, हेर्नुहोस्‌ र विचार गर्नुहोस्, किनभने म तुच्‍छ गनिएको छु।” “यताबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई त्‍यसको केही वास्‍ता छैन? चारैतिर हेर र विचार गर, आफ्‍नो भयानक क्रोधको दिनमा, परमप्रभुले मलाई दिनुभएको कष्‍टजस्‍तै अरू कुनै पीडा छ र? “उहाँले उच्‍चबाट आगो झारिदिनुभयो, त्‍यो मेरो हड्डीभित्र पठाउनुभयो। उहाँले मेरा खुट्टाको लागि जाल फिँजाउनुभयो, र मलाई फर्काउनुभयो। उहाँले मलाई उजाड़ पारेर दिनभरि नै निर्बल राख्‍नुभयो। “मेरा पापहरू एक जुवामा बाँधिएका छन्‌। उहाँकै हातद्वारा ती बाँधिए, ती मेरो काँधमा राखिएका छन्, परमप्रभुले मेरो बल घटाउनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा पारिदिनुभयो, जसको म सामना गर्न सक्‍दिनँ। “परमप्रभुले मेरा सबै योद्धालाई बहिष्‍कार गर्नुभएको छ, मेरा जवान मानिसहरूलाई धूलोपीठो पार्नलाई मेरो विरुद्धमा उहाँले फौज जम्‍मा गर्नुभएको छ। उहाँको कोलमा, दाखझैँ परमप्रभुले यहूदाकी कुमारीलाई पेल्‍नुभएको छ। “यी सबैको कारणले म रुँदैछु, मेरो आँखाबाट आँसुको धारा बग्छ। मलाई सान्‍त्‍वना दिन मेरो नजिक कोही छैन, मेरो आत्‍मा पुनर्जीवित गराउने कोही छैन। मेरा बालकहरू बेसहारा छन्, किनभने शत्रु प्रबल भएको छ।” सियोन बिन्‍ती गर्नलाई आफ्‍नो हात पसार्छ, तर त्‍यसलाई सान्‍त्‍वना दिने कोही छैन। परमप्रभुले याकूबको विरुद्धमा त्‍यसका छिमेकीहरू त्‍यसका शत्रु होऊन्‌ भनी हुकुम गर्नुभएको छ। तिनीहरूका बीचमा यरूशलेम एक अशुद्ध थोक भएको छ। “परमप्रभु धर्मी हुनुहुन्‍छ, तरै पनि म उहाँको विरुद्धमा बागी भएको थिएँ। हे सबै जातिहरू, सुन, र मेरो कष्‍टलाई हेर। मेरा कुमारीहरू र जवान मानिसहरू निष्‍कासित गरिएका छन्‌। “मैले आफ्‍ना प्रेमीहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए। आफ्‍नो बल पुनर्प्राप्‍त गर्नलाई खानेकुरा खोजेर नपाउँदा सहरमा मेरा पूजाहारीहरू र धर्म-गुरुहरू नष्‍ट भए। “हे परमप्रभु, हेर्नुहोस्, म दु:खमा परेको छु। म साह्रै बागी भएको कारणले मेरो प्राण मभित्र मड़ारिन्‍छ, मेरो हृदय मभित्र छटपटिन्‍छ। बाहिर तरवारले शोकित पार्छ, भित्र मृत्‍यु मात्र छ।

शेयर गर्नुहोस्
विलाप 1 पढ्नुहोस्

विलाप 1:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एक समय मानिसले भरिएको त्यो सहर, अहिले कस्तो सुनसान भएको छ! त्यो सहर एक समयमा राष्ट्रहरूको बीचमा महान् राजकुमारी थिई, अहिले त्यो विधवाजस्ती भएकी छे! प्रदेशहरूको बीचमा त्यो रानीजस्ती थिई, अहिले दासत्वमा परेकी छे। रातभरि त्यो धुरुधुरु रुन्छे; त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका सबै प्रेमीहरूमध्ये त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका सबै साथीहरूले त्यसलाई विश्‍वासघात गरेका छन्; तिनीहरू सबै त्यसका शत्रु भएका छन्। कष्‍ट र कठोर परिश्रमपछि यहूदालाई निर्वासनमा लगिएको छ। अब त्यो राष्ट्रहरूको बीचमा रहन्छे; त्यसले आराम गर्ने ठाउँ पाउँदिन। त्यसलाई खेद्नेहरू सबैले त्यसलाई आपत् परेकै बेला पक्रेका छन्। सियोनमा जाने बाटोहरूले शोक गर्छन्; किनकि त्यसका तोकिएका चाडहरूमा कोही पनि आउँदैनन्। त्यसका सबै मूलढोकाहरू उजाड भएका छन्; त्यसका पुजारीहरू सुस्केरा हाल्छन्, त्यसका जवान केटीहरू शोक गर्छन्; अनि त्यो कठोर वेदनामा छे। त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्; त्यसका शत्रुहरू विजयी भएका छन्; त्यसका धेरै पापहरूको कारण याहवेहले त्यसलाई दुःखमा पार्नुभएको छ। त्यसका छोराछोरीहरू शत्रुहरूकै सामु निर्वासनमा लगिएका छन्। सियोनकी छोरीबाट सबै गौरव हटिसकेको छ। त्यसका राजकुमारहरू घाँसे खर्क नपाएका कमजोर मृगहरूजस्तै भएका छन्; तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्नेहरूको अगि-अगि भागेका छन्। यरूशलेमले सङ्कष्‍ट र भौँतारिएको बेलामा आफ्ना धनसम्पत्तिको सम्झना गर्दछे, जुन धनसम्पत्ति त्यसका बितेका पुराना दिनहरूमा थिए। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, तब त्यसलाई मदत दिने कोही पनि थिएन। त्यसका शत्रुहरूले त्यसलाई देखे, र त्यसको विनाशमा ठट्टा गरे। यरूशलेमले घोर अपराध गरेकी छे; यसैकारण त्यो अशुद्ध भएकी छे। त्यसलाई आदर गर्नेहरू सबैले त्यसलाई घृणा गर्छन्; किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्; त्यसले सुस्केरा मार्छे, र लाजले आफ्नो मुख लुकाउँछे। त्यसको अशुद्धपन त्यसको फरियामा टाँसिएको थियो; त्यसले आफ्नो भविष्यको बारेमा सम्झिन। त्यसको पतन भयङ्कर थियो; त्यसलाई सान्त्वना दिने कोही पनि थिएन। “हे याहवेह, मेरो सङ्कष्‍टमा मलाई सहायता गर्नुहोस्; किनकि शत्रुहरू विजयी भएका छन्।” त्यसका सबै धनसम्पत्तिहरू शत्रुले हात पारेका छन्; त्यसले यरूशलेमको पवित्रस्थानमा गैरयहूदीहरू प्रवेश गरेको देखेकी छे, जसलाई आफ्नो सभामा पस्‍न तपाईंले निषेध गर्नुभएको थियो। त्यसका सबै मानिसहरू सुस्केरा मार्दै रोटीको खोजी गर्दछन्; तिनीहरू जीवित रहनका निम्ति आफ्ना धनसम्पत्तिहरू खानेकुरासँग साट्दछन्। “हे याहवेह, हेर्नुहोस् र विचार गर्नुहोस्; किनकि म त तुच्छ भएको छु।” “यहाँबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई यी कुराहरूको वास्ता छैन? चारैतिर आँखा लगाएर हेर। उहाँको भयङ्कर क्रोधको दिनमा उहाँले मलाई दिनुभएको मेरो कष्‍टजस्तो अर्को कुनै कष्‍ट छ? “उहाँले माथिबाट आगो पठाउनुभएको छ; त्यो आगो मेरा हड्डीभित्र सल्किएको छ। उहाँले मेरा पाउका निम्ति जाल फैलाउनुभएको छ, र उहाँले मलाई फर्काउनुभएको छ। उहाँले मलाई उजाड पार्नुभएको छ, र अटुट पीडामा छोड्नुभएको छ।” “मेरा अपराधहरू मेरै जुवामा बाँधिएका छन्; उहाँकै हातद्वारा ती एकसाथ मेरो घाँटीमा बुनिएका छन्। त्यसको भार मेरो घाँटीमा झुण्डाइदिनुभएको छ; अनि प्रभुले मेरो शक्ति घटाइदिनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, जसको म सामना नै गर्न सक्दिनँ।” प्रभुले मेरो बीचमा रहेका सबै वीर योद्धाहरूलाई इन्कार गर्नुभएको छ; मेरा जवानहरूलाई धुलोपिठो पार्नलाई उहाँले मेरो विरुद्धमा सेना जम्मा गर्नुभएको छ। उहाँले यहूदाका कुमारीहरूलाई आफ्नो दाखको कोलमा पेल्नुभएको छ। “यी सबै कारणले म रुन्छु, र मेरा आँखाबाट आँसुका धारा बग्छन्। मलाई सान्त्वना दिने कोही पनि नजिक छैन, र मेरो आत्मा पुनर्जीवित गर्ने कोही पनि छैन। मेरो शत्रु विजयी भएको कारण मेरा छोराछोरीहरू बेसहारा भएका छन्।” सियोनले आफ्नो हात फैलाउँछे, तर त्यसलाई सान्त्वना दिने कोही पनि छैन। याहवेहले याकोबको विरुद्धमा आज्ञा दिनुभएको छ; त्यसका छिमेकीहरू त्यसका शत्रु होऊन्; यरूशलेम तिनीहरूका बीचमा एक अशुद्ध कुरा भएकी छे। “याहवेह न्यायी हुनुहुन्छ, तर पनि मैले उहाँका आज्ञाको विरुद्धमा विद्रोह गरेँ। हे सारा जातिहरू हो, सुन; मेरो पीडालाई हेर। मेरा जवान मानिस र कुमारीहरू निर्वासनमा लगिएका छन्। “मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए। मेरा पुजारीहरू र मेरा अगुवाहरू आफू जीवित रहनका निम्ति खानेकुरा खोज्दा-खोज्दै सहरमा नै नष्‍ट भए। “हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्‍टमा छु! मेरो प्राण मभित्र पीडामा मडारिन्छ, र मेरो हृदय व्याकुल छ; किनकि म अति विद्रोही भएको छु। घरबाहिर तरवार नष्‍ट गर्नमा सक्रिय छ भने, घरभित्र पनि मृत्यु मात्र छ।

शेयर गर्नुहोस्
विलाप 1 पढ्नुहोस्

विलाप 1:1-20 पवित्र बाइबल (NERV)

हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो। तर अहिले यो शहर नितान्त शुन्य भएको छ। यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो, तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएकी छे। यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई। तर अहिले यो नोकर जस्तो भएकी छे। त्यो रातभरी साह्रै दु:ख मानी रून्छे। उसको गालामा आँसुको धारा बगिरहन्छ। उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू यसका साथीहरू हुने गर्थे। उसका सारा मित्रहरूले उसपट्टि पिठ्यूँ फर्काए। तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्। यहूदा अति नै पीडीत भयो, अनि यहूदालाई कैदी बनाइयो। यहूदा अन्य जातिहरू माझमा बस्थे। तर उनले कतै शान्ति पाएनन्। मानिसहरू जसले उनलाई खेदे अनि समाते तिनीहरूले उसलाई साँघुरो खाडलमा समाते। सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दु:खी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन्। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पार्छ। यरूशलेमका शत्रुहरू विजय भएका छन्। उनीहरू सफल भएका छन्। यरूशलेमले थुप्रै पापहरू गरेकाले परमप्रभुले दण्ड दिनुभएको छ। उसका नानीहरू शत्रुहरूद्वारा पक्रेर टाढा लगिए। छोरी सियोनको सुन्दरता लोप भएको छ। यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए। दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे। यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको, अतीतमा उसित राम्रा-राम्रा चीजहरू भएको सम्झन्छे। उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको, र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे। जब उसलाई आफ्नो शत्रुहरूले देखे र तिनीहरू हाँसे। किनभने ऊ ध्वंश भएकी थिई। यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ नष्ट भएकी छे। यसलाई देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे। यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्। भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन। उसको दुर्दिनलाई यसको पतन भयङ्कर भयो। उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्। ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दु:खित छु। हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।” शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी, तपाईंले भन्नुभएको थियो, कि ती मानिसहरू हामीहरूसँग मिसिनु हुँदैन। यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्। उसका सबै मानिसहरू भोजन खोज्दैछन्। तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू, खाने कुराहरूसित साट्दैछन्। तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्। यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्। म तुच्छ ठानिन्छु। यताबाट भएर जाने सबै मानिसहरू, तिमीहरू पर्वाह गर्दैनौ। तर म प्रति हेर्नुहोस्, के मेरो जस्तो पीडा कसैको छ? जुन मलाई आई पर्यो? के त्यहाँ मेरो जस्तै पीडा, परमप्रभुले अरू कसैलाई दिनु भएको छ र? उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको छ। परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिँजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भयो। म दिनभरि शिथिल भएँ। “मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्। ती पापहरू परमप्रभुकै हातद्वारा बाँधिएका छन्। परमप्रभुको जुवा मेरो गर्दनमाथि छ। परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ। जुन मानिसहरूको विरूद्ध म उठ्न सक्तिनँ परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ। “शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई परमप्रभुले रद्द गर्नु भएको थियो। अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो। उहाँले ती मानिसहरू मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो। कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो। “म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु। मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्। तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन। मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन। मेरा नानीहरू बाँझो भूमि जस्तै छन्। तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।” सियोनले आफ्ना हातहरू फैलाई तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्। परमप्रभुले याकूबका शत्रुहरूलाई आदेश दिनुभएको थियो। परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो। यरूशलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई। अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें। यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ। यसकारण तिमीहरू सबैले सुने। हेर मेरा पीडाहरू। मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो। मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई धोका दिए। मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे। तिनीहरू खानाको खोजीमा थिए। तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थें। “हे परमप्रभु मलाई हेर्नुहोस्! म दु:खमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।

शेयर गर्नुहोस्
विलाप 1 पढ्नुहोस्

विलाप 1:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक समय मानिसहरूले भरिएको यरूशलेम, अब कस्‍तो सुनसान भएको छ! एक समय संसारले इज्‍जत गरेको, अब त्‍यो विधवाजस्‍तै भएको छ; सहरहरूकी राजकुमारी दासत्‍वमा परेकी छे। रातभरि त्‍यो धुरुधुरु रुन्‍छे; त्‍यसका गालामा आँसु बगिरहन्‍छ। त्‍यसका अघिका सबै साथीहरूमध्‍ये त्‍यसलाई सान्‍त्‍वना दिने कोही पनि छैन। त्‍यसका साथीहरूले त्‍यसलाई विश्‍वासघात गरेका छन् र अब सबै नै त्‍यसका विरोधमा छन्। यहूदाका मानिसहरू असहाय दासहरू भएका छन्, घर-घरबाट जबरजस्‍ती लगिएका छन्। तिनीहरू अर्काको देशमा रहन्‍छन्। तिनीहरूको आफ्‍नो ठाउँ भन्‍नु कहीँ छैन। शत्रुहरूद्वारा घेरिएका छन्, कुनै भाग्‍ने बाटो छैन। अब पवित्र दिनहरूमा आराधना गर्न मन्‍दिरमा कोही पनि आउँदैन। केटीहरूले त्‍यहाँ दु:खका गीत गाउँदछन् र पूजाहारीहरूले सुस्‍केरा मात्र मार्दछन्। सहरका मूल-ढोकाहरू रित्ता भएका छन् र सियोनचाहिँ वेदनामा परेको छ। त्‍यसका शत्रुहरू सफल भएका छन्; तिनीहरूले त्‍यसलाई अधिकारमा पारेका छन्। परमप्रभुले त्‍यसलाई त्‍यसका धेरै पापहरूले गर्दा दु:खमा पार्नुभएको छ; त्‍यसका सन्‍तानहरू कैद गरेर लगिएका छन्। अघिको यरूशलेमको गौरव अब गइसकेको छ। त्‍यसका अगुवाहरू भोकाएका मृगहरूझैँ दुर्बल भएका छन्। तिनीहरू कमजोर भएर खेद्‌नेहरूबाट भागेका छन्। यरूशलेमको आफ्‍नो नाश भएको दिनमा त्‍यसले पहिलेको गौरवको सम्‍झना गर्दछ। जब त्‍यो शत्रुको हातमा पर्‍यो, त्‍यसलाई सहायता गर्ने कोही पनि थिएन; त्‍यसलाई विजय गर्नेहरूले त्‍यसको पतन भएकोमा ठट्टा गरे। त्‍यसको इज्‍जत हराएको छ; त्‍यो नाङ्गो भएको छ र त्‍यो घृणित भएको छ। त्‍यसले सुस्‍केरा मार्छ र लाजले आफ्‍नो मुख लुकाउँछ। यरूशलेमले घोर पाप गर्‍यो, यसैले त्‍यो आफैं अशुद्ध भएको छ। त्‍यसको अशुद्धपना छर्लङ्गै देखिन्‍थ्‍यो। तर त्‍यसले आफ्‍नो आउने दुर्दिनको लागि वास्‍ता नै गरेन। त्‍यसको पतन भयङ्कर थियो; त्‍यसलाई सान्‍त्‍वना दिने कोही पनि थिएन। “हे परमप्रभु, मलाई दया गर्नुहोस् किनभने मेरा शत्रुहरू विजयी भएका छन्,” भनी त्‍यसले पुकार्छे। त्यसका शत्रुहरूले त्‍यसका सबै धन-सम्‍पत्ति लुटे। तिनीहरू मन्‍दिरमा पसेका त्‍यसले देखी, जहाँ अन्‍यजातिहरू पस्‍न परमप्रभुले मनाही गर्नुभएको थियो। त्‍यसका सबै मानिसहरू सुस्‍केरा मार्दै अन्‍नको खोजीमा छन्, आफ्‍ना धन-सम्‍पत्ति खानेकुरासित साट्दछन्। “हे परमप्रभु, मलाई हेर्नुहोस्, मेरो कष्‍टमा मलाई हेर्नुहोस्,” भनी त्‍यस सहरले पुकार्दछ। यताबाट भएर जाने बटुवाहरू सबैलाई “मलाई हेर्नुहोस्!” भनी त्‍यसले पुकार्छ। “आफ्‍नो भयानक क्रोधको दिनमा परमप्रभुले मलाई दिनुभएको कष्‍टजस्‍तै अरू कसैलाई कहिल्‍यै कष्‍ट भएको छ र? “उहाँले माथिबाट आगो झारिदिनुभयो; त्‍यो आगो मभित्र सल्‍कियो। उहाँले मेरो निम्‍ति जाल फिंजाउनुभयो र मलाई त्‍यहीं ठाउँमा फर्काउनुभयो। अनि उहाँले मलाई उजाड पार्नुभयो र अटुट कष्‍टमा नै छोड्‍नुभयो। “उहाँले मेरा सबै पापहरू लेखेर राख्‍नुभएको छ र ती कुरालाई बाँधिराख्‍नुभएको छ; उहाँले ती कुरालाई मेरो घाँटीमा झुण्‍ड्याइदिनुभयो र त्‍यसको भारले म निर्बल भएको छु। प्रभुले मलाई मेरा शत्रुहरूका हातमा पारिदिनुभएको छ र तिनीहरूको सामना गर्न म असहाय भएको छु। “प्रभुले मेरा सबैभन्दा बलिया सबै सेनाहरूलाई तुच्‍छ ठान्‍नुभयो; उहाँले मेरा यूवाहरूलाई नष्‍ट पार्न फौज पठाउनुभयो। उहाँले मेरा मानिसहरूलाई कोलमा दाख पेलेझैँ चकनाचुर पार्नुभयो। “त्‍यसकारण मेरा आँखाबाट आँसुको धारा बहिरहन्‍छ। मलाई सान्‍त्‍वना दिने कोही पनि छैन; मलाई साहस दिन सक्‍ने कोही पनि छैन। शत्रु ममाथि विजयी भएको छ; मेरा मानिसहरू कोही पनि रहेनन्। “म मेरा हातहरू फैलाउँदछु तर मलाई सहायता गर्ने कोही पनि छैन। परमप्रभुले मेरो विरुद्धमा उठ्‍न चारैतिरबाट शत्रुहरूलाई हुकुम गर्नुभएको छ; तिनीहरूले मलाई मैला थाङ्नाझैँ व्‍यवहार गर्छन्। “तर परमप्रभु न्‍यायी हुनुहुन्‍छ किनभने म उहाँको अनाज्ञाकारी भएको छु, तर हे सबै मानिसहरू, मेरा कुरा सुन र मेरो कष्‍टलाई हेर। मेरा युवक र युवतीहरू कैदमा लगिएका छन्। “मैले आफ्‍ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई सहायता गर्न अस्‍वीकार गरे। तिनीहरूले बाँच्‍नको लागि अन्‍न खोजेर नपाउँदा पूजाहारीहरू र अगुवाहरू सहरका बाटाहरूमै भोकले मरे। “हे परमप्रभु हेर्नुहोस्, म दु:खमा परेको छु। मेरो प्राण मभित्र मडारिन्‍छ, मेरो हृदय आफ्‍ना पापहरूको कारणले चुर्ण भएको छ। सडकहरूमा हत्‍या हुन्‍छ; घरभित्र पनि मृत्‍यु हुँदछ।

शेयर गर्नुहोस्
विलाप 1 पढ्नुहोस्