यहूदा 1:20-21
यहूदा 1:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्मामा प्रार्थना गर। आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर।
शेयर गर्नुहोस्
यहूदा 1 पढ्नुहोस्यहूदा 1:20-21 नेपाली समकालीन संस्करण (NCV)
तर प्रिय मित्रहरूहो, तिमीहरूले आफूलाई अति पवित्र विश्वासमा निर्माण गर, पवित्र आत्मामा प्रार्थना गर। प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनन्त जीवनमा लैजाने कृपालाई पर्खंदा तिमीहरू आफूलाई परमेश्वरको प्रेममा स्थिर बनाइराख।
शेयर गर्नुहोस्
यहूदा 1 पढ्नुहोस्यहूदा 1:20-21 पवित्र बाइबल (NERV)
तर प्रिय मित्रहरू, तिमीहरू स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरूका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर। तिमीहरू स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरूलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।
शेयर गर्नुहोस्
यहूदा 1 पढ्नुहोस्